7 years ago
March 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – निर्भय श्रेष्ठले नेपाल फिफा १९ च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् । उपाधिसंगै निर्भयले १ लाख ५० हजार नगद पुरस्कार पाए ।

गेमिङ गराज नेपालले सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको प्रतियोगितामा सौगात गुरुङ दोश्रो तथा नुर्बु छेन्डु शेर्पा तेश्रो भए । सौगातले ७५ हजार र नुर्बुले ३० हजार नगद पुरस्कार हात पारे । चौथो भएका पियूश गिरी सिंहले १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ४ सय ५० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाएको गेमिङ गराजका संस्थापक प्रमुख कार्यकारी अधिकृत दीपंकर डंगोलले जनाएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]