7 years ago
March 9, 2019
बुटवल (हाम्रो खेलकुद) – छैटौं रुपन्देही जिल्ला स्नुकर प्रतियोगिताको पहिलो दिन शनिबार किनस पुन विजयी भएका छन् । किसनले आकाश आललेलाई २–० को सोझो सेटमा हराए ।

आजैका अन्य खेलमा समर रानाले शंकर खड्कालाइ २–० ले, जनक श्रेष्ठले विवेक बिकलाइ २–१ ले ,शुरेस श्रेष्ठले देविन गौतमलाइ २–१ ले ,विजय थापाले सुनिन गाहालाई २ –१ ले हराए ।
आशिष सिंजालीले दीपक सारुलाई२–० ले ,भुपेन काउचाले नविन गुरुङलाइ २–१ ले ,विनोद श्रेष्ठले बिनोद गुरुङलाइ २–०, प्रदिप पुनले चन्द्र थापालाइ २–१ ले,अशोक थापाले आशोक चौरासियालाइ २–१ ले पराजित गरे ।
त्यस्तै विशाल परियारले सोनु नेपालीलाइ २–१,तारा थापाले आकाश गुरुङलाइ २–० ले , तथा कसिस क्षेत्रीले विवेक थापालाई २–० ले पराजित गरे । आइतबार पनि पहिलो चरणका खेल हरु सञ्चालन हुने रुपन्देही पुल तथा स्कुकर सघंका सचिव शिब रानाले बताएका छन् ।

५ दिन सम्म चल्ने प्रतियोगितामा १ सय ३८ खेलाडी रहेका छन् । प्रतियोगिताका विजेताले ३० हजार र दोस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै रुपन्देही जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ती अधिकारीले स्नुकर शालिन र सभ्य खेल भएपनि समाजले हेर्ने दृष्टीकोण अझै राम्रो नभएको बताए ।
आयोजक संघका अध्यक्ष अध्यक्ष गजेन्द्रमान श्रेष्ठले स्नुकरको माध्यमबाट पनि जिल्लालाई खेल क्षेत्रमा चिनाउन सकिने बताए । सघंका बरिष्ठ सल्लाहाकार सन्जय बज्राचार्य, उपाध्यक्ष वविन थापा,सुजन पुन,सचिव शिव रानाले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]