default_image

7 years ago

March 10, 2019

राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप अर्काे साता

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेदकुद)- नेपाल साइक्लिङ संघले १७औं क्रस कन्ट्री तथा नवौं डाउन हिल च्याम्पियनसिप चैत पहिलो साता गराउने निर्णय गरेको छ । संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिप अर्काे साता अर्था १ र २ चैतमा गराउन लागेको जानकारी गराएको हो ।

क्रस कन्ट्रीतर्फ इलिट पुरुष समूह, महिला समूह, जुनियर पुरुष र महिला समूह र मास्टर पुरुष समूहले १२ पदकका लागि प्रतिस्पर्धा गर्नेछ । यस्तै डाउनहिलतर्फ इलिट पुरुष समूह, महिला समूह र जुनियर पुरुष समूहका खेलाडीहरुले ९ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

दुई विधामा हुने च्याम्पियनसिपमा करिव ९५ जनाको सहभागिता रहने संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले जानकारी गराए । च्याम्पियनसिपको पुरुष र महिलाको शीर्ष दुईजनाले भारतको उत्तराखण्डमा आयोजना हुने च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने संघका अध्यक्ष कक्षपतिले बताए ।

क्रस कन्ट्रीमा एक ल्याब बराबर ३.५ किलोमिटरको दुरी रहने छ । च्याम्पियनसिप तारकेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्तिपार्क जगडोलमा आयोजना हुनेछ । च्याम्पियनसिपलाई गोकर्णेश्वर नगरपालिका, नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेलकुद परिषद, गोकणेश्वर साइक्लिङ संघ र पर्वतीय खेलकुद महासंघलगायतले सहयोग गरेको छ ।

क्रस कन्ट्रीतर्फ पुरुषमा बुद्धि बमहादर तामाङ र महिलामा लक्ष्मी मगर नेपाल च्याम्पियन हुन् । डाउन हिलमा राजेश मगर र निश्पा श्रेष्ठ नेपाली च्याम्पियन रहेका छन् ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.