default_image

7 years ago

March 11, 2019

रुपन्देही स्नुकरको दोस्रो चरण मंगलबारबाट

120 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – छैटौं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगितामा मंगलबार दोस्रो चरणका खेल सुरु हुनेछन् ।

सोमबार पहिलो चरणका खेलमा सुनिल घिमिरे,बासु प्रधान, मेजराज गुरुङ,मन्नु गुप्ता, दिनेश क्षेत्री,सरोज दर्लामी विजयी भएका छन ।

त्यस्तै दिनेश राना, आशिष स्याङ्जाली,सागर श्रेष्ठ,मुकेश क्षेत्री, मिलन बोहरा ,सन्जय कार्की,किशोर श्रेष्ठ, सुमन कहार,हरी थापा,किसन थापा र ओम सारु पनि विजयी हुँदै अघिल्लो चरणमा पुगेका छन् ।

दोस्रो चरणका खेल न्यु क्लब थर्टिन मैत्रिपथमा सन्चालन हुने आयोजक रुपन्देही पुल तथा स्कुनकर सघंका सचिब शिव रानाले बताए । पहिलो चरणका खेल एल्लो स्नुकर हाउसमा सन्चालन भएका थिए ।

फागुन ३० गते सम्म चल्ने प्रतियोगितामा १ सय ३८ जनाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३५ र दोस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.