default_image

7 years ago

March 14, 2019

‘डिन कप’ यसपटक पोखराको मणिपालमा

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सद्धारा स्थापित ‘डिन कप’को दोस्रो संस्करण पोखराको मणिपाल शिक्षण अस्पतालले वैशाखमा गर्ने भएको छ । फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, फुटसल, ब्याडमिन्टन र टेबल टेनिस समावेश डिन कप वैशाख १३ देखि १९ गते सम्म सञ्चालन हुने डिन कप आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताको सफलताका लागि मणिपालमा अध्ययनरत विद्यार्थीहरु, इन्ट्रन डक्टर, मेडिकल अफिसर, कन्सल्टयान्ट डक्टरहरु लागिपरेको बताइएको छ । ‘२०१९ मणिपाल अल इन्ट्रन मेडिकल कलेज स्पोर्ट मिट’ भन्ने नारा दिइएर डिन कप आयोजना गर्ने तयारी भइरहेको इभेन्ट को–अर्डिनेटर यूजल सुवेदीले जानकारी दिए ।

डिन कपमा काठमाडौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैलाई समेटेर लैजाने मिडिया एन्ड न्यूज पब्लिसिटी को–अर्डिनेटर राहुल गोईतले बताए । १५ वटा विभिन्न मेडिकल कलेजका करिब ४ सय विधार्थीले प्रतियोगितामा भाग लिने गोइतले बताए ।

मणिपालले यस डिन कपलाई मेडिकल क्षेत्रमा नै एक प्रतिष्ठित रनिङ सिल्ड बनाई हरेक वर्ष विभिन्न मेडिकल कलेजमा आयोजना गराउने र मेडिकल क्षेत्रमा संलग्न सबैलाई एक आपसमा चिनजान, मित्रता, आदर र नेपालभरका चिकित्सक शास्त्र विद्यार्थीलाई एक ठाउँमा ल्याउने स्पोर्टस कोअर्डिनेटर अभिषेक बानियाँले बताए ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.