default_image

10 years ago

May 5, 2016

चेस छनोट सम्पन्न

217 views

0 Bookmark

इलाममा ७ जेठ बाट आयोजना हुने १९ औं राष्ट्रिय बुद्धीचाल प्रतियोगिताका लागि खेलाडी छनोट सम्पन्न भएको छ ।

chess nepal

ललीतपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा सम्पन्न छनोट प्रतियोगितामा भक्तपुरका विक्रम जती ७.५ अंक सहित पहिलो भए । उनले नवौ तथा अन्तिम चरणमा ललीतपुरका रविन्द« शाक्यसंग बराबरी गरे । रुकुमका मिलन रोका दाश्रो भए । उनले अन्तिम चरणमा थापाथली चेस पार्कका कमल श्रेष्ठसंग बराबरी गरे । झापाका प्रकास नेपाल तश्रो भए । उनले अन्तिम चरणमा झापाकै अविरल राइलाई हराउदै सात अंक जोडे ।

६ .५ अंक जोडेका बाकेका कृष्ण शाह, भक्तपुरका विकास कुलुज, सुनसरीका मणीराज डागी, थापाथली चेस पार्कका मदन रायमाझी, काठमाडौंका सुर्य बस्नेत, भक्तपुरका विजय जती, सप्तरीका मनोज विक, थापाथलीका कमल श्रेष्ठ, ललीतपुरका रबिन्द« शाक्य र काठमाडौका दिपक मर्हजन चौथो देखि १३ औ स्थानमा रहे । ६ अंक जोडेका कैलालीका रुद« खनीया, काठमाडौंका भगवती प्रसाद शर्मा, काठमाडौकै नबीन तण्डुकार, अन्नपूर्ण उच्च माबीका मिलन लामा १४ औ देखि १७ औ स्थानमा रहदै छनोट भए । ६ अंक नै जाडेका भक्तपुरका गणेश मानद दुवाल, ललीतपुरका बाबुराजा मर्हजन र झापाका अबिरल राइ ६ अंक सहित नै शिर्ष २० स्थानमा रहदै छनोट भए ।
एक दिन अघि भएको चौथो महिला राष्ट्रिय च्याम्पियनसीपका लागि छनोट सम्पन्न भएको थियो ।

२ जना इलाममा हुने राष्ट्रिय च्याम्पियनसीपका लागि छनोट भएका हुन् । महिला तर्फ काठमाडौंकी सिन्दिरा जोशी, रौतहटकी विशेखा जयसवाल तथा नुवाकोटकी सुजना लोहनी शिर्ष तीन स्थानमा रहे । दुवै स्पर्धाका विजयी खेलाडीलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद् परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले पुरस्कार वितरण गरे । छनोट प्रतियोगितामा खुल्ला तर्फ ११८ तथा महिला तर्फ २७ जना खेलाडी सहभागि थिए ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.