default_image

7 years ago

April 22, 2019

आठौंको समापन – प्रधानमन्त्री नआउने भएपछि उपराष्ट्रपति मुख्य अतिथि

176 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यततामा प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुदको समापन हुने भएको छ । आठौंको समापन वैशाख ११ गते नेपालगन्ज रंगशालामा हुँदैछ ।

समापनमा उपराष्ट्रपति प्रमुख अतिथि रहने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समापनको प्रमुख अतिथि रहने बताइएको थियो । व्यक्तिगत व्यस्तताका कारण प्रधानमन्त्री आउन असमर्थ रहेपछि उपराष्ट्रपति आउने भएका हुन् ।

चैत २७ गते देखि प्रदेश ५ का विभिन्न जिल्लामा सुरु भएको आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ५ गते नेपालगन्ज रंगशाला गरेकी थिइन् । भव्य उद्घाटन समारोहमा अतिशबाजीसँगै विविध सांस्कृतिक झाँकी लगायत प्रस्तुति रहेको थियो । समापन समारोहमा पनि सोहि किसिमका प्रस्तुति तथा नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने जिम्मेवारी हस्तान्तरण गरिने सदस्य सचिवले जानकारी दिए ।

आठौंमा ३५ खेलका ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । अहिले सम्म ७५ स्वर्ण, ४६ रजत र ३९ कास्य पदकका साथ नेपाली सेना पदक तालिकाको शीर्षस्थानमा रहेको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.