7 years ago
April 22, 2019
दाङ (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले आठौँ राष्ट्रिय खेलकुद अन्तरगतको म्याराथनमा स्वर्ण जितेका छन् । दाङमा सोमबार भएको म्याराथनमा पुरुषतर्फ कृष्ण र महिलामा राजपुरा च्याम्पियन बनेकी हुन् ।

कृष्णले निर्धारित दुरी २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । प्रदेश ६ कमा दुर्गा बुढाले २ घण्टा १८ मिनेट ३९ सेकेन्डमा दौड पुरा गर्दै रजत तथा एपिएफका किरण सिंह बोगरीले २ घण्टा २२ मिनेट १० सेकेन्डमा दुरी पुरा गर्दै कास्य जिते ।
महिलातर्फ पुलिसकी राजमुरा पछाईले २ घण्टा ५९ मिनेट ३८ सेकेन्डमा दुरी पुरा गरिन् । २ घन्टा ५९ सेकेन्डमा दुरी पुरा गर्दै एपिएफकी पुष्पा भण्डारीले रजत जितिन् । आर्मीकी सरिता वासीले ३ घन्टा ८ मिनेट ३ सेकेन्डका साथ कास्य जितिन् ।
म्याराथन दाङ बेलझुण्डी खेल मैदानबाट शुरु भएर बिजौरी, तुल्सीपुर हुँदै डाँडाचिस, श्रीगाँउ, पुन गाँउ हुदै सोही रुट फिर्ता हुदै मैदानमा आएर टुंगिएको थियो । पुरुष तर्फ १४ धावकले सहभागिता जनाउदा १० धावकले म्याराथन पुरा गरेका थिए । महिलामा ६ जनाले सहभागिता जनाउदा ५ जनाले दौड पुरा गरे ।
४ गुणा १०० मिटर रिलेको पुरुष र महिलामा आर्मीले स्वर्ण जित्यो । एपीएफले रजत तथा पुलिसले कास्यमा चित्त बुझायो । महिलामा प्रदेश ४ ले रजत तथा एपीएफले कास्य जित्यो ।
पुरुष ४०० मिटर हडल्र्स (बाधा दौड) मा एपिएफका निर प्रताप महतोले ५५.६० सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हात पारे ।
आर्मीका जीवन चौधरीले ५६.४९ सेकेन्डका साथ रजत तथा आर्मीकै अशोक कुवँरले ५७.४४ सेकेन्डका साथ कास्य जित्न सफल भए । महिलामा आर्मीकी तुलसा श्रेष्ठले १ मिनेट ९.९ सेकेन्डका साथ स्वर्ण जितिन् । आर्मीकै तुलसा खत्रीले १ मिनेट ११.१३ सेकेन्डका साथ रजत तथा गण्डकी प्रदेशकी कल्पना श्रेष्ठले १ मिनेट १२.७८ सेकेन्डका साथ कास्य जितिन् ।
महिला ८०० मिटरमा आर्मीकी सरस्वती भट्टराईले २ मिनेट १६.०० सेकेन्डका साथ स्वर्ण जितिन् । आर्मीकै सानुमाया कार्कीले २ मिनेट १७.९४ सेकेन्डका साथ ररजत जित्दा एपीएफकी फुलमती रानाले २ मिनेट १८.३८ सेकेन्डका साथ कास्य जितिन् ।
पुरुष ८०० मिटरमा आर्मीका उमेश मस्र्याङ्दी मगरले १ मिनेट ५७.५५ सेकेन्डका साथ स्वर्ण जिते । आर्मीकै टंक कार्कीले १ मिनेट ५८.०५ सेकेन्डका साथ रजत तथा प्रदेश ३ का सुवास थापाले १ मिनेट ५८.५३ सेकेन्डका साथ कास्य जिते ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]