default_image

7 years ago

April 22, 2019

एथलेक्टिसमा आर्मी टिम च्याम्पियन, सातौंमा भन्दा १ स्वर्ण कम

174 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब २१ स्वर्ण, १२ रजत र ८ कास्य पदकसहित आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको च्याम्पियन बनेको छ । एपिएफ टिम दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भएका छन् । दुई वर्षअघि पूर्वाञ्चलमा भएको सातौं राष्ट्रियमा २२ स्वर्ण पदक जितेको थियो ।

दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको नेपाल एपिएफ क्लब दोस्रो तथा पुलिस ३ स्वर्ण ५ रजत र ४ कास्य पदकसहित तेस्रो भएको छ ।

त्यस्तै ५ नं प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थानमा रह्यो । महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १ सय ८ पदकको टुङगो लागेको छ । वैशाख ५ बाट संचालन भएको प्रतियोगितामा विभागिय तीन विभाग ७ प्रदेश र एन.आर.एन गरि ११ टोलीको सहभागिता थियो ।

नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याराथन प्रतियोगिताको च्याम्पिएन बनेका छन् । ४२ दशमलव १९५ किलोमिटर म्याथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेर्कडमा सुधार गर्दै च्याम्पिएन बनेका हुन् ।

यस्तै प्रदेश नं ६ का दुर्गा बहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा रजत जित्दा एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे । त्यस्तै महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको रेर्कड बनाउदै पूरा गर्दै स्वर्ण जितिन् ।

त्यस्तै ३ घण्टा ५९ सेकेन्डमा दुरि पार गर्दै एपिफ कि पुस्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासिले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्य पदक जितिन् । दाङको बेल्झुण्डी रंगशालाबाट सुरुवात गरिएको म्याराथनको रुट हेमन्तापुर, बिजौरी, पर्सेनी, तुलसीपुर, दोघरे, दुधेना, अश्वरा, डाँडाचिस, कुमलगढी, मिरौली, बागर हुदै श्रीगाँउबाट पुनः सोही ट्रयाक हुदै वेलझुण्डी रंगशालाको सेन्थेटीक ट्रयाकमा एक राउण्ड लगाएर अन्त्य गरिएको थियो । म्याराथनमा पुरुष तर्फ १५ र महिला तर्फ ६ जना खेलाडी गरी २१ जनाले भाग लिएका थिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.