default_image

7 years ago

April 23, 2019

भौतिक संरचना संरक्षणका लागि नेपालगन्ज उपमहानगर तयार -मेयर राणा

380 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– स्थानिय निकायले आठौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल नेपालगन्ज उपमहानगरपालिकामा बनेका र बन्ने क्रममा रहेको भौतिक पूर्वाधारको संरक्षणका विषयमा चासो देखाएको छ ।


उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले आठौं समापनको अघिल्लो दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय खेलकुदले उपमहनगरमा थ्रुपै संरचना दिएकोले तीनको संरक्षणका लागि सहकार्य गर्न स्थानिय निकाय तयार रहेको बताएका छन् ।

‘ हामीले ठूला खेल आयोजना पछि भौतिक संरचना लथालिङ भएको देखेका छौं ,’ उनको चिन्ता छ, राज्यको यति धेरै लगानी भएर ती संरचनाको सरक्षण हुन सकेन भने यत्रो लगानीको अर्थ हुन्न ।’
उनले उपमहानगरपालिका भौतिक पूर्वाधार संरक्षणका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।

उनले भने,’ यो संरचना खेलकुदको सम्पत्ती हो । हाम्रो त्यसमा दाबी रहन्न । उहाँहरु आफैले त्यसलाई सन्चालन गर्नुहुन्छ भने राम्रो । हामीलाई जिम्मा दिनुहुन्छ भने पनि उपमहागरपालिका तयार रहेको जानकारी दिन चाहन्छौं । ‘
उनले उपमहनागरपालिकालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सम्झौता गरेर सरंक्षणको जिम्मेवारी दिन्छ भने त्यसका लागि आफुहरु तयार रहेको बताएका छन् । ‘यदि हामीलाई जिम्मा दिने हो भने यसलाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा काम गर्न सकिन्छ । कुनै व्यक्ति वा व्यापारिक संस्थालाई सम्झौता गरेर जिम्मा दिन सकिन्छ । यसलाई आर्थिक उपार्जनको विषय बनाउनपर्दछ । अनि संरक्षण हुन सक्छ । हाम्रो मुख्य चिन्ता यसको हाम्रो नगरपालिकामा बनेको सरंचनाको सरक्षणनै मुख्य विषय हो । ‘

आठौंका लागि लक्षित गर्दै नेपालगन्ज रंगशाला पूर्ननिर्माण देखि शुटिङ रेन्ज, पौडी पोखरी निर्माण, भारोत्तोलन एकेडेमी, कभर्ड हल मर्मत, कारकादोमा जुडो हल निर्माणका लागि करोडौं रुपैया खर्च भएको छ । आठौंका लागि प्रदेश ५ अन्तर्गत कोहलपुरमा क्रिकेट रंगशाला, बेलझुन्डी रंगशालाको स्तर उन्नतीका साथै सेन्थेटिक ट्रयाक ओछ्याउने काम भएको छ ।

त्यस्तै दाङको घोराहीमा बास्केबल कोर्ट, तुल्सीपुरमा कभर्ड हल, लमहीमा क्रिकेट मैदानको स्तर उन्नती, बर्दियाका कभर्ड हल, भरी गाँउमा खोखो, गुलरिया सेपाताक्रो हल निर्माण भएको छ । सबै संरचनाका लागि सरकारले १ अरब २५ करोड रुपैयाँ खर्च गरेको छ । नेपालगन्जलाई खेलाडीको सहरका रुपमा स्थापित गराउनमा उपमहानगरपालिका लागि परेकोले खेलकुदका लागि संरचना तयार पार्ने काम गरिएको पनि मेयर राणाले जानकारी दिए ।

‘हामीले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा फुटबल एकेडेमी तयार पारेका छौं, एउटा क्रिकेट मैदान निर्माण गर्ने योजनामा छौं , फुटसलका लागि पनि काम अघि बढेको छ, नेपालगन्जले राराताल सम्मको साइकल यात्राका लागि काम अघि बढेको छ , उनले भने, त्यसबाहेक पनि हामी नेपालगन्जमा हुने राष्ट्रिय स्तरका प्रतियोगिता प्रधामन्त्री कप, नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्डकपलाई निरन्तर सहयोग गर्दै आएका छौं र आउने दिनमा पनि त्यसलाई निरन्तरता दिनेछौं ।’

मेयर राणाले खेलाडीलाई प्रोत्साहन र नयाँ खेलाडी उत्पादनमा पनि उपमहागरपालिका सचेत रहेको उल्लेख गर्दै नगरभित्र विभिन्न प्रतियोगिता नियमति रुपमा आयोजना गर्दै आएको पनि बताए । उनले नगरले ग्रासरुटमा लगानी गर्न चाहेकोले त्यसले भविष्यमा राम्रा खेलाडी तयार हुन सक्ने विश्वास व्यक्ति गरे । आठौंको आयोजनाका सन्दर्भ सुरुवातमा सहकार्य हुन नसकेपनि पछि नगरपालिकाले सक्ने सबै क्षेत्रमा सहयोग पुर्याएको राणाले दाबी गरे ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.