default_image

7 years ago

April 24, 2019

भलिबलमा एपीएफ र पुलिस च्याम्पियन

178 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं अन्तरगत भलिबलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले स्वर्ण जितेका छन् ।

नेपाल पुलिस क्लब भलिबल टोली

एपीएफले महिलातर्फ र पुलिसले पुरुषतर्फ स्वर्ण जित्न सफल भएको हो । महिलामा पुलिस र पुरुषमा एपीएफले कास्य जित्न सफल भयो ।

बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा बुधबार भएको महिलातर्फको फाइनलमा एपीएफले प्रदेश ३ माथि ३–० को सोझो सेटमा हराउदै स्वर्णपदक जित्न सफल भएको हो ।

पुरुषतर्फ पुलिसले आर्मीलाई ३– १ को सेटमा पराजित गर्दै स्वर्ण जित्न सफल भयो । पुलिसले पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पार्दै खेललाई आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । दोस्रो सेट आर्मीले २५–२३ ले जितेपछि खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तर, त्यसपछिको दुवै सेट पुलिसले २५–२० र २५–१८ ले पराजित गर्दै स्वर्ण जित्न सफल भयो ।

महिलामा पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा तथा पुरुषमा एपीएफले गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहेको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.