7 years ago
April 24, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ फागुनमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पितामवर तिम्सिनाको अध्यक्षतामा बुधबार बसेको राखेपको बोर्ड बैठकले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई सुम्पदै प्रतियोगिता २०७७ फागुन २० देखि २७ गतेसम्म गराउने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद हरेक २–२ वर्षमा गराउने प्रावधान राखिएको छ । तर, विविध कारणले प्रतियोगिता २–२ वर्षको अवधिमा हुन सकेको थिएन । यसपटक भने दुई वर्षको अन्तरालमै हुन सफल भएको थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ को नेपालगन्जमा आज समापन हुदैछ । समापनकै दौरान नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशलाई झन्डा हस्तान्तरण गरिनेछ ।
प्रदेश १ (साविकको पुर्वाञ्चल) मा सातौ समापनकै अवसरमा नै आठौं प्रदेश ४ (मध्यपश्चिम) र नवौं (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति भएको थियो । पश्चिमाञ्चलको पोखरामा दोश्रो राष्ट्रिय खेलकुद २०४० मा आयोजना भएको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]