7 years ago
May 7, 2019
दिपक न्यौपाने
बुटवल– पहिलो मुख्य मन्त्री रनिङ शिल्ड प्रतियोगितअन्तर्गत पुरुष भलिबलको फाइनलमा रुपन्देही र नवलपरासी भिड्ने भएका छन् । सेमिफाइनलमा मंगलबार रुपन्देहीले बाँकेलाई र नवलपारासीले पाल्पालाई समान ३–० को सेटमा हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए ।

महिला भलिबलको उपाधिका लागि रुपन्देही र दाङबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा रुपन्देहीले रोल्पालाई र दाङले पाल्पालाई समान ३–० ले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
चेसमा बाँके अगाडी……………
चेसमा बाँकेले स्वर्ण पदक जितेको छ । पशुपति योगीले बाँकेका लागि स्वर्ण पदक जिते । कालिका मान विज्ञान माविमा मंगलबार भएको खेलमा साढे ३ अंकको समान अंक भएपनि प्रोगेसिभ अंक १३ का आधारमा पशुपतिले स्वर्ण जितेका हुन् ।
रुपन्देहीका बिजनमान थैव समान साढे ३ अंक भएपनि प्रोगेसिभ १२ अंकका कारण रजत पदकमा चित्त बुझाउनुपर्यो । नवलपरासीका पिटर राना १० अंक प्रोगेसिभ अंकसहित तेस्रो भए ।
आइटिएफमा रुपन्देहीलाइ स्वर्ण……..
तेक्वान्दोको डब्लुटिएफ खेलमा रुपन्देहीले दुई स्वर्ण हात पार्न सफल भएको छ । मंगलबार जिल्ला खेलकुद विकास समितिको कर्बड हलमा भएको खेलमा रुपन्देहीका पुरुष ६३ केजी तौल समुहमा मोहमद हफिकले स्वर्ण जितेका हुन । उनले फाईनलमा रोल्पाका अबिरल बुढालाई हराए ।
यसैगरि पुरुष ५८ केजी तौल समुहतर्फ रुपन्देहीका अनिष कुमालले स्वर्ण हात पारेका छन् । अनिषले फाइनलमा नवलपरासीका पुष्पराज चौधरीलाई हराएका थिए ।
महिला ५३ केजी तौल समुहमा रोल्पाका ममता रिजालले स्वर्ण जितेकी छिन् । महिला ४९ केजी तौल समुहमा रुकुमका निशा केसीले स्वर्ण हात पारिन । उनले बाकेका अस्मिता थापालाई फाईनलमा हराइन् ।
ब्याडमिन्टनमा पनि रुपन्देही नै अगाडि
ब्याडमिन्टन खेलमा पुरुष युगलतर्फ रुपन्देहीले स्वर्ण जितेको छ । रुपन्देहीका विश्वास नेपाल र गोबिन्द न्यौपानेको जोडीले गुल्मीका राजन काउचा र सुरेश श्रेष्ठको जोडीलाई २१–१९, २१–१३ को सेटमा जित निकाल्दै स्वर्ण हात पारेका हो ।
महिला युगलतर्फको खेलमा बाकेका सम्झना शर्मा र सुश्मा श्रेष्ठको जोडीले रुपन्देहीका पुजा बिष्ट र महिमा गुरुङको जोडीलाई २१–१४, २१–६ ले हराउँदै स्वर्ण पदक जित्यो । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा मुख्य मन्त्री रनिङ्ग शिल्ड खेलकुद प्रतियोगीता सोमबारदेखि सञ्चालन भइरहेको छ ।
भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, शटपुट ,दौड समावेश प्रतियोगितामा ४ सय २० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगिताका लागि प्रदेश ५ ले ५० लाख रुपैयाँ छुट्टएको छ ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]