default_image

7 years ago

May 8, 2019

रुपन्देही प्रदेश ५ मुख्यमन्त्री रनिङ शिल्ड च्याम्पियन

200 views

0 Bookmark

दिपक न्यौपाने
वैशाख – रुपन्देही ६ स्वर्ण पदक जित्दै प्रथम मुख्यमन्त्री रनिङ शिल्डमा टिम च्याम्पियन बनेको छ । रुपन्देहीले ६ स्वर्ण जित्दा प्युठानले भने पदकको खाता खोल्न सकेन ।


‘खेलकुदमा युवा सहभागिता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मुल नाराका साथ पहिलो पटक रनिङ शिल्ड आयोजना गरिएको थियो । रुपन्देहीले ५ रजत र ३ कास्य पदक पनि जितेको छ । रुपन्देहीले डब्लुटिएभ तेक्वान्दो र एथलेटिक्समा समान २, ब्याटमिन्टन र भलिबलमा समान १ स्वर्ण पदक जितेको थियो ।

अन्तिम खेलमा बुधबार बुटवल मण्डपमा सम्पन्न भलिबल खेलमा नवलरासीलाई ३–० को सोझो सेटमा हराउदै रुपन्देहीले पुरुषतर्फ स्वर्ण जितेको थियो । महिला तर्फ भने रुपन्देहीलाई ३–० को सेटले हराउदै दाङले स्वर्ण पदक जित्यो ।

३ स्वर्ण र ८ वटा कास्य पदक जित्दै दाङ दोस्रो भयो । २ स्वर्ण, १ रजत र ३ कास्य पदकका साथ बाँकेले तेस्रो स्थान प्राप्त गर्यो । बाँकेले चेस र ब्याडमिन्टनमा समान १ स्वर्ण पदक जित्यो । २ स्वर्ण, १ रजत र २ कास्य पदकका साथ गुल्मी चौथो बन्यो ।

नवलपरासीले १ स्वर्ण, २ कास्य, ४ रजत, बर्दियाले १ स्वर्ण २ रजत र १ कास्य, रुकुम पुर्वले १ स्वर्ण, १ रजत, अर्घाखाँचीले १ कास्य तथा पाल्पाले ३ रजत र १ कास्य पदक जिते । रुपन्देहीले शिल्डसहित १ लाख रुपैयाँ प्राप्त गर्यो । दाङले ७० हजार र बाँकेले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भिम ओली लगायतले विजयी खेलाडीलाई पुरस्कृत गरे । भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, एथलेटिक्स (शटपुट ,दौड) मा गरि ४ सय २० खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । पहिलो रनिङ शिल्डका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ खर्चेको थियो । अर्को संस्करण कपिलबस्तुमा हुने बताइएको छ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.