7 years ago
May 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कान्छो विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले आठौं बृहत राष्ट्रिय खेलकुदमा पदक जित्न सफल आफ्ना क्लबका खेलाडीलाई बिहीबार नगदसहित सम्मानित गरेका छन् ।

प्रदेश ५ मा गत बैशाखमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्यपदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा नगदसहित सम्मानित गरेको हो । स्वर्ण विजेतालाई जनही १० हजार, रजत विजेतालाई ७ हजार र कास्य विजेता ५ हजार रुपैयाँ नगदले सम्मानित भए । यस्तै एकभन्दा बढी पदक ल्याउने खेलाडीलाई पुरस्कारको रकममा ५० प्रतिशत थप गरिएको एपीएफले जनाएको छ ।

आठौंमा एपीएफ ५४ स्वर्ण, ६९ रजत र ८० कांस्यसहित कुल २०२ पदकपदक जित्दै तेस्रो भएको थियो । खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सम्मानित गरेका थिए । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहलगायतको उपस्थिति रहेको थियो ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]