बनेपा (हाम्रो खेलकुद)– दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ ।

काभ्रेको बेथानचोक गाउँपालिकाको आयोजना हुने प्रतियोगितामा काभ्रे र ललितपुरका गरि १५ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताका संयोजक प्रमोद तिमल्सिनाका अनुसार काभ्रका १२ र ललितपरका ३ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । जेठ २६ गते सम्म सञ्चालन हुने प्रतियोगिता ढुंखर्क बोर्डिङ स्कुलको मैदानमा हुनेछ ।