default_image

5 years ago

May 30, 2019

प्रशिक्षक राईसहित चार खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल महिला भलिबलका प्रशिक्षक कुमार राईसँगै चार खेलकर्मी बिहीबार सम्मानित भएका छन् । इरा इन्टरटेनमेन्टले विभिन्न खेलहरुमा आफ्नो माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै प्रशिक्षक राईसहित ४ जनालाई सम्मानित गरेको हो । सम्मानित हुनेमा भलिबलका कुमार राई, तेक्वान्दोका नोर्वु लामा, बडिबिल्डिङका महेश्वर महर्जन र रेस्लिङका कमल लामा (नुवाकोटे टाइगर) रहेका […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल महिला भलिबलका प्रशिक्षक कुमार राईसँगै चार खेलकर्मी बिहीबार सम्मानित भएका छन् ।

इरा इन्टरटेनमेन्टले विभिन्न खेलहरुमा आफ्नो माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै प्रशिक्षक राईसहित ४ जनालाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा भलिबलका कुमार राई, तेक्वान्दोका नोर्वु लामा, बडिबिल्डिङका महेश्वर महर्जन र रेस्लिङका कमल लामा (नुवाकोटे टाइगर) रहेका छन् । उनीहरुलाई दोसल्ला र ताम्रपत्रले सम्मानित गरेको हो ।

प्रशिक्षक राईलाई प्रदान गरिएको ताम्रपत्रमा नेपाली नारीहरुलाई चुलो चौकामा मात्र सीमित गराउने पितृसत्तात्मक समाजमा खेलकुद प्रवाह गरी राष्ट्रका लागि उत्कृष्ट खेलाडी उत्पादन गरी नेपालको शिर उचो पार्ने कार्य गरेको उल्लेख छ ।

तेक्वान्दो प्रशिक्षक तथा पुर्व खेलाडी नोर्वु लामाले नेपालमा तेक्वान्दो खेल बिकासमा योगदान गरेको उल्लेख छ । बडिबिल्डिङका महेश्वर महर्जनले गत वर्ष थाइल्यान्डमा आयोजना भएको विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा आफ्नो तौल समूहमा स्वर्ण जित्दै नेपालको शिर उचो पारेको थियो ।

रेस्लिङका कमल लामा (नुवाकोटे टाइगर)लाई नेपालमा रेस्लिङ बिकासमा योगदान पु¥याएको भन्दै सम्मानित गरिएको हो । सम्मानसँगै इरा इन्टरटेनमेन्टले ‘खेलाडी’ नामको नाटक मञ्चन गरिएको थियो ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.