default_image

7 years ago

June 3, 2019

थ्री स्टार र स्पाइरल सेमिफाइनलमा

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार एकडेमी बुढानिलकण्ठ र पोखराको स्पाइरल ग्यालेक्सी स्कुल राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेव र न्युटन हाइ स्कुल पनि अन्तिम चारमा पुग्न सफल भए ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सोमबा भएको खेलमा थ्री स्टारले भक्तपुरको स्पिङडेल हाइ स्कुललाई ३–१ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । स्प्रिङडेलले विद्यामन्दिर बाग्लुङलाई बाहिरी विद्यार्थी खेलाएको आरोपसहित प्रोटेस्ट हाल्दै सफलता हात पारेपछि क्वाटरफाइनल खेल्ने मौका पाएको थियो । प्रि–क्वाटरमा स्प्रिङडेल विद्यामन्दिर बागलुङसँग ३–१ को सेटमा पराजित भएको थियो ।

तर, क्वाटरफाइनल खेल्ने मौका पाएको स्प्रिङडेल थ्री स्टारसँग पराजित हुन पुग्यो । थ्री स्टारले स्प्रिङडेलमाथि २५–२०, २०–२५, २५–२० र २५–२३ को जित निकाल्यो । त्यसअघि थ्री स्टारले लालीगुराँस एकेडेमीाथि ३–० को सहज जित निकाल्दै क्वाटरफाइनलमा सथान बनाएको थियो ।

अर्काे खेलमा पोखराको स्पाइरल ग्यालेक्सी स्कुलले लिटिल बुद्ध मावि महेन्द्रनगरलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । पहिलो सेट २५–२१ ले जितेको स्पाइरलले दोस्रो सेट २१–२५ ले नै गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट स्पाइरलले २५–१६ र २५–१५ ले सहजै आफ्नो बनायो ।

यस्तै न्युटन हाइ स्कुलले पिताम्वर मावि स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । न्युटनले पिताम्वरमाथि २५–१९, १८–२५, २५–२० र २५–२१ को जित निकाल्न सफल भयो । सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)ले आइतबारै सिद्धार्थ बहुमुखी क्याम्पसलाई ३–० का सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको थियो ।

अब सेमिफाइनलमा मंगलबार सेव र थ्री स्टार तथा न्युटन र स्पाइरलबीच खेल हुनेछ । प्रतियोगिता अवधि एक दिन लम्बिदा फाइनल बुधबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.