7 years ago
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डमा स्पोर्टस्लाई केल्मी नेपालले सह प्रायोजन गरेको छ ।

अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र केल्मीका लागि नेपालका आधिकारिक विक्रेता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे । अवार्ड असार १७ गते काठमाडौंमा आयोजना हुँदैछ ।
प्रायोजन वापत केल्मीले मञ्चलाई २ सय वटा टिसर्ट र अवार्डको मनोनयमा पर्ने ३० जनालाई ट्रयाकसुट प्रदान गर्ने मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिए । कामारुका प्रबन्ध निर्देशक न्यौपानले सहकार्यका लागि मौका दिएको मञ्चलाई धन्यवाद दिदै भविष्यमा पनि सहकार्य जारी रहनेमा आशावादी रहेको बताए । सम्झौता तीन वर्षको रहने बताइएको छ ।
नेपाली फुटबलको महिला र पुरुषका सबै उमेर समूह देखि राष्ट्रिय टोलीलाई प्रायोजन गर्दै आएको केल्मीले सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबलाई पनि प्रायोजन गरेको छ ।
न्यौपाने नेपालमा नम्बर वाड स्पोर्टस वयर ब्रान्ड बन्ने लक्ष्य राखेको र मञ्चसँगको सहकार्यले त्यसमा मद्दत पुग्नेमा विश्वास व्यक्त गरे । त्यस्तै उनले बजारमा केल्मीको नाम र राष्ट्रिय टोलीको नक्कली जर्सी आएकोले त्यसमा सचेत रहन सबैलाई आग्रह गरे । मञ्चका अध्यक्ष सुवेदीले प्रायोजनका लागि केल्मीलाई धन्यवाद दिए ।
सोही अवसर केल्मीको वेभसाइट पनि सार्वजनिक गरिएको थियो । प्रबन्ध निर्देशक न्यौपाने र महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले वेभसाइटको लिंक क्लिक गर्दै उद्घाटन गरे ।
त्यस्तै सोही अवसरमा मञ्चले अवार्डको प्रत्यक्ष प्रसारणका लागि एभिन्यूज टेलिभिजनसँग सम्झौता पत्र नविकरण गरेको छ । लामो समयदेखि एभिन्यूजले अवार्डको प्रत्यक्ष प्रसार गर्दै आएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]