default_image

7 years ago

June 6, 2019

पल्सर स्पोर्टस् अवार्डको प्रत्यक्ष प्रसार एभिन्यूजमा

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने पल्सर स्पोर्टस अवार्डको प्रत्यक्ष प्रसारण एभिन्यूज खबरले गर्ने भएको छ ।

एभिन्यूज खबरकी सिओओ समृद्धि राजभण्डारी र अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । अवार्ड असार १७ गने राजधानीमा आयोजना हुनेछ । एभिन्यूजले लामो समयदेखि अवार्डको प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

एभिन्यूजकी सिओओ राजभण्डारीले नेपालको प्रतिष्ठित अवार्डमा निरन्तर जोडिराख्न पाउँदा खुसी लागेको बताइन् । मञ्चका अध्यक्ष सुवेदीले लामो समयदेखि साथ दिने सहयात्रीलाई मञ्चले नभुल्ने बताए ।

सोही अवसरमा अवार्डलाई सह प्रायोजनका लागि मञ्च र अन्तर्राष्ट्रिय स्पोर्टस वयर कम्पनी केल्मीबीच सम्झौता भएको छ । केल्मीका लागि नेपालका आधिकारिक विक्रेता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र मञ्चका अध्यक्ष सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपाली फुटबलको महिला र पुरुषका सबै उमेर समूह देखि राष्ट्रिय टोलीलाई प्रायोजन गर्दै आएको केल्मीले सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबलाई पनि प्रायोजन गरेको छ ।

सोही अवसर केल्मीको वेभसाइट पनि सार्वजनिक गरिएको थियो । प्रबन्ध निर्देशक न्यौपाने र महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले वेभसाइटको लिंक क्लिक गर्दै उद्घाटन गरे ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.