7 years ago
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिस समूह ‘ख’ मा अपराजित तथा एपीएफ समूह ‘क’ मा अपराजित रहँदै समूह विजेता बनेर अन्तिमा चारमा पुग्न सफल भएको हो । यससँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।
सेमिफाइनलको पहिलो खेलमा एपीएफ र गण्डकी प्रदेशबीच तथा दोस्रो खेलमा पुलिस र साविकको विजेता आर्मीबीच खेल हुनेछ । सेमिफाइनल १ र ३ बजे सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुनेछ ।
समूह ‘ख’ मा शतप्रतिशत जित निकाल्ने क्रममा पुलिसले बिहीबार प्रदेश ३ माथि ३–० को सहज जित निकाल्यो । एकपक्षीय खेलमा पुलिसले प्रदेश ३ लाई २५–१४, २५–२० र २५–१८ ले हरायो ।
समूह ‘क’ मा एपीएिफले प्रदेश १ माथि ३–० को सोझो सेटमा हरायो । एपीएफले २५–१४, २५–१६ र २५–१६ को सहज जित निकाल्यो । बिहीबारका अन्य खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई २७–२५, २५–१९ र २५–२१ ले परजित ग¥यो ।
अर्काे खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशमाथि २५–२०, २५–२० र २५–२१ को सहज जित निकाल्यो । २६ जेसम्म गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]