7 years ago
June 7, 2019
पोखरा (हाम्रो खेलकुद) – प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट कराँतेकी सुष्मी श्रेष्ठ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी घोषित भएका छन् ।

वर्ष चर्चित खेलाडीको उपाधि सुटिङकी श्रेया केसीले जित्न सफल भइन् । शुक्रबार भएको समारोहमा युकेश वर्ष खेलाडी घोषित हुँदै टीभीएस अपाचे मोटरसा इकल पुरस्कार चढे । यस्तै, फूल कन्ट्याक्ट कराँतेकी श्रेष्ठले महिलातर्फ वर्ष खेलाडी घोषित हुँदै विगो स्कूटर पाइन् । उनी एसएमएस भोटिङ आधारमा उनले सर्वाधिक मत प्राप्त गर्दै २५ हजारसहित वर्ष चर्चित खेलाडी बन्न सफल भएकी हुन् ।
यस्तै, उदियमान खेलाडीतर्फ क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षकमा फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका चित्रबहादुर गुरुङलाई सम्मानित भए । वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट मञ्च पूर्व अध्यक्ष विनोद लामिछाने २० हजारसहित पुरस्कृत भए । वर्ष उत्कृष्ट खेल संघ अवार्ड जिल्ला बास्केटबल संघ कास्कीलाई १५ हजार रुपैयाँसहित सम्मान गरियो ।
वर्ष उत्कृष्ट पुरुष, महिला, उदियमान र प्रशिक्षक विधामा यसअघि नै उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको थियो । ती मध्येबाटै चर्चित खेलाडी छनोटमा पूरै एसएमएसलाई आधार मानिएकोमा अन्य विधामा भने छनोट समिति निर्णयलाई आधार मानिएको छनोट समिति संयोजक रामकृष्ण ज्ञवालीले बताए ।

वर्ष खेलाडी पुरुष युकेश गुरुङको अनुपस्थितिमा उनको बुबाले अवार्ड थापेका थिए । पोखरा लेकसाइडका १८ वर्षीय युकेश आठौं राष्ट्रिय खेलकुदमा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण र इण्डोनेसियामा भएको एशियन गेम्समा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण जित्न सफल भएका थिए । वर्ष खेलाडी महिला घोषित श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदमा खुला तौल समूहमा कास्य, दोस्रो् दक्षिण एशियन रिजनल कन्ट्रिज क्युकोसिन कराँतेमा खुला तौल समूहमा स्वर्ण, २९ औं यूरोपियन च्याम्पियनसीपमा खुला तौल समूहमा काँस्य जितेकी थिइन् ।
प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता चित्रबहादुर गुरुङलाई सम्मान गर्दै यसप्रकारका कार्यक्रमले खेल र खेलाडीको विकासमा सघाउ पुग्ने बताए । स्याङ्जका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन् ।
वर्ष खेलाडी विधामा स्क्वासका अमृत थापामगर, फूल कन्ट्याक्ट कराँतेका रुपक नेपाली, वर्ष महिलामा सफ्ट टेनिसकी प्रीति बराल, उदियमान आर्चरीकी अनुष्का शेरचन, तेक्वान्दोकी सुस्मिता थापामगर, प्रशिक्षकमा ह्याण्डबलका भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा थिए ।
बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा भएको कार्यक्रमको सहयोगीमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राखेप, किस्ट अस्पताल संचालक सविर थापा, नेपाल पर्यटन बोर्ड लगायतको सहयोग थियो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]