6 years ago
June 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डलाई डिस मिडिया नेटवर्क लिमिटेड सह प्रायोजन गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको अवार्डमा डिस मिडिया लामो समयदेखि प्रायोजकका रुपमा रहँदै आएको छ ।

यसपटक भने डिस मिडिया मुख्य सह प्रायोजक रहेको छ । यसअघि गोल्ड स्टार पनि अवार्डको मुख्य सह प्रायोजक रुपमा आबद्ध भएको थियो ।
डिस मिडिया अवार्डमा इन एसोसिएन विथ एक्सन स्पोर्टस् एचडी रहने सम्झौता पाएको छ ।
डिस मिडयिाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मञ्च र डिस मिडियाको यो सम्झौताको नवौं वर्ष हो । डिस मिडियाले गत वर्ष भन्दा यो पटक दोब्बर भन्दा बढीको प्रायोजन गरेको छ ।
एक वर्षका लागि गरिएको सम्झौता अनुसार डिस मिडियाले मञ्चले ७ लाख रुपैयाँ नगद र ४ लाख रुपैयाँ बराबरको जिन्सी उपलब्ध गराउनेछ । गत वर्ष दुई संस्थाबीच नगद र जिन्सी गरे ५ लाख रुपैयाँको सम्झौता थियो ।
डिस मिडियाले अवार्डको मनोनयमा पर्ने सबैलाई सेट अफ बक्स उपलब्ध गराउनेछ । त्यस्तो ८ जना विजेताले २ वर्षको र मनोनयनमा पर्नेले १ वर्षसम्म डिस होमको निशुल्क सुविधा प्राप्त गर्नेछन् ।
डिस मिडियाका प्रबन्ध निर्देशक आचार्यले खेलकुद क्षेत्रमै डेडिकेट भएर लागेको डिस मिडिया र नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्ट्स अवार्डको लागि सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले आउने दिनमा पनि अवार्डमा सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।
एक्सन स्पोर्टसको सञ्चालक संस्थान ओरिजिनल इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष दयाराम दहालले एक्सन स्पोर्टस नेपालको पहिलो स्पोर्टस् च्यानल भएकाले यसले नेपाली खेलकुदको प्रबद्धनका लागि प्रयास गरिरहेको बताए ।
मञ्चका अध्यक्ष सुवेदीले कर्पोरेट हाउसहरुको विगतमा जस्तै विश्वास मञ्च प्रति रहेका उल्लेख गर्दै भने , अब हाम्रो अवार्ड एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार रहेको छ । ’
अवार्डको १६औं संस्करण असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ । अवार्डमा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यसअघि नै कार्यक्रमको पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ ।
यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताउ ।
क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन पिपुल्स च्वाईस अवार्डको मनोनयमा छन् । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको पल्सर मोटरसाइकल रहेको छ ।
अवार्डको प्रायोजकमा सूर्य नेपाल प्रालि, टी.एच.टी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, एभिन्युज खबर, केल्मी, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]