6 years ago
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- मनिता श्रेष्ठ ‘प्रधान’ ले थाइल्यानडको चियाङमाइमा आयोजना भएको थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक च्याम्पियनसिपमा कास्य जितेकी छन् ।

मनिताले आफ्नो ५७ केजीमुनिको तौल समूहमा हङकङका खेलाडीलाई २ वाजारीमा पराजित गदै कास्य हात पारेकी हुन् । पहिलो बाउटा बाइ पाएर दोस्रो चरण प्रवेश गरेकी मनिता भियतनामकी खेलाडीसँग २ वाजरीमा पराजित भएकी थिइन् ।
तर, रेपिचेजको मौका पाएको मनिताले चीनकी खेलाडीलाई सिमेवाजामा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएकी थिइन् ।

सोही प्रतियोगिता दौरान आयोजना भएको आइजेएफ रेफ्री सेमिनार तथा परीक्षमा नेपालका देवु थापा र मोहन सुनुवारले उक्त परीक्षा उर्तिण गरेका छन् । उक्त परीक्षमा नेपालसहित २१ जना परीक्षार्थी सामले थिए ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]