default_image

6 years ago

June 21, 2019

ओलम्पिकमा पदक जित्ने प्रिन्सको सपना !

205 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

सबैका सपना पुरा हुन्छन् भन्ने छैन । तर, सपना देख्ने र त्यसमा दृढ भएर लाग्दा पुरा असम्भव नै पनि नहुन सक्छ । एउटा त्यस्तै नेपाली खेलाडीका लागि असम्भव नै लाग्ने सपना देखेका छन् ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले । उनको यो भनाई सुन्दा कतिलाई हासो पनि लाग्न सक्छ ।

तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टबाहेक अहिले सम्म कुनै पनि नेपालीले छनोट चरण पार गरेर ओलम्पिक खेलेको इतिहास छैन । त्यस्तोमा प्रिन्सको यो सपना पत्याउन सहज नहोला । तर, उनको लक्ष्य भने प्रष्ट छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले यसै महिना आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाईस अवार्डको ५ जना खेलाडीको मनोनयमा परेका कान्छा खेलाडी प्रिन्सको त्यति बेला स्टेजमा पुगेर बोल्न खोल्दा बोली फुटेन । कार्यक्रम सञ्चालकको सहयोगमा जेनतेन आफुलाई भोट दिनुस् भनेर फर्केका प्रिन्स लागेको कुरा प्रष्ट बोल्न नसकेपनि उनी आफ्नो सपनामा प्रष्ट छन् ।

‘ सन् २०२४ वा २०२८ को ओलम्पिकमा पदक जित्ने मेरो लक्ष्य हो ,’ भर्खर १६ वर्षमा लागेका प्रिन्सले भने, ‘म आफ्नो खेल जीवनमा ओलम्पिक देशलाई एउटा पदक जित्न चाहन्छु । अहिले देखिको मेरो मेहनत त्यसका लागि हो । ‘ ललितपुरको डाँफे स्कुलमा ९ कक्षामा अध्ययन गरिहेको प्रिन्सको मन पढाइमा भने अलि कम नै छ । उनको खेल कौशलकै कारण विद्यालयले पनि उनलाई अन्य विधार्थीलाई भन्दा केहि छुट दिएको छ ।

प्रशिक्षणका क्रममा प्रिन्स

मंसिरमा स्वदेशमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि राष्ट्रिय टोलीसँग विशेष प्रशिक्षमा रहेका प्रिन्सले पछिल्लो एक डेढ वर्षमा प्राप्त गरको सफलता हरेक नेपालीका लागि गर्व गर्नलायक छन् । उनले २०१८ मा दुबई जुनियर यू १५ सिरिज च्याम्पियनसिपको उपाधि जित्दै नेपाली खेलाडीमा पर्याप्त क्षमता रहेको प्रमाण पेश गरेका छन् ।

विश्व च्याम्पियन नै तयार हुने एसियाली मुलुकका त्यो प्रतिस्पर्धात्मक माहौलमा जुनियर च्याम्पियनसिपमा स्वर्ण जित्नु नेपाली खेलाडीको निकै ठूलो सफलता हो । २०१९ को अप्रिलमा प्रिन्स थाइल्यान्डमा भएको अर्को ठूलो यू १७ च्याम्पियनसिपमा फाइनल पुगेका थिए । सानै उमेरमा यति सफलता प्राप्त गरेपनि प्रिन्सको उत्साह चुलिएको छ । उनी सिनियर लेभलमा पनि पदक जित्ने लक्ष्यका साथ तयारीमा लागेका छन् ।

नख्खुमा रहेको बुल्स जिम र त्यसका मालिक कृष्ण पुनले उनको त्यो प्रतिभाको कदर गर्दै प्रशिक्षण त्यहाँ भएको सुविधा नि:शुल्क प्रयोग गर्न दिएको छ । प्रशिक्षणमा उनलाई आफ्नै मामा कमलेश निरौला ले छायाँ जसरी पछ्यारहन्छन् । प्रिन्सलाई उनै आफैं पनि प्रशिक्षण दिन्छन् । राष्ट्रिय टोलीको प्रशिक्षणमा बाहेक प्रिन्स बुल्समै प्रशिक्षण गर्छन् ।

दुवईमा प्रथम स्थान हासिल गरेपछि प्रिन्स

घरेलु प्रतियोगितामा सबै खाले उमेर समूह यू १५, १७, २१ का च्याम्पियन प्रिन्सले प्रदेश ७ बाट आठौं राष्ट्रिय खेलकुदमा भाग लिएका थिए । टिम इभेन्ट्समा प्रदेश ७ को टोली तेस्रो भयो । तर, त्यो इभेन्टमा सबैभन्दा चर्चा प्रिन्सकै भयो । कारण थियो, पछिल्लो छ सात वर्षदेखि ब्याडमिन्टमा एकछत्र राज गर्दै आएका रत्नजित तामाङलाई प्रिन्सले टिम इभेन्टको एकल प्रतिस्पर्धामा हराए ।

देश भित्रका आफ्ना आदर्श खेलाडीलाई त्यसरी हराउन सक्दा प्रिन्सको खुसीको सिमा रहेन । खेलपछिको भेटमा रत्नजितले भनेको उनी अझै सम्झन्छन् । ‘रत्न दाईले पछि भेटेपछि राम्रो खेलिस् भन्नु भयो,’ प्रिन्सले स्मरण गरे, मलाई त एकदम सुखी लाग्यो । दाईले अझै मेहेनत गर्दै जा राम्रो गर्न सक्छस् भन्नुभएको छ । ‘

रत्नजित र अहिलेका राष्ट्रिय च्याम्पियन दीपेश धामीसँग प्रशिक्षण गर्न पाउँदा आफ्नो खेल कौशलमा सुधार हुने प्रिन्सको विश्वास छ । उनको अहिलेका प्राथमिकतामा ब्याडमिन्टन बाहेक अरु केहि छैन । पढाई पनि खेल जत्तिकै जरुरी छ भन्ने बुझेर पनि पढाइमा उनको धेरै ध्यान छैन । पढाई मै बढी समय र ध्यान दिनु पर्ने भएकाले उनले साँगाको प्रहरी स्कुल छाडेर ८ कक्षाबाट डाँफेमा भर्ना गरेका हुन् ।

‘पुलिस स्कुलमा पनि खेलका लागि राम्रो वातावरण थियो,’ मुस्कुराउँदै उनले भने,’ तर पढाई मै अलि बढी जोड दिनु पर्ने । आफुलाई बढी खेल्न मन लाग्ने भएकोले मैले त्यो स्कुल छाडें ।’ घरमा पनि ममीले पढाईमा बढी ध्यान दिन भन्नुहुन्छ, तर प्रिन्सलाई ममीको त्यो कुरा खास मन पर्दैन । उनलाई त बाबुको कुरा वेसी मन पर्छ । कारण बाबु उनलाई खेल्न हौसाउँछन् ।

‘बाबा पनि खेलाडी हुनु भएकोले होला मलाई पनि खेल्न प्रेरित गर्नुहुन्छ,’ उनी भन्छन् ,’ ममी चाहि खेल्न मात्र हैन पढाई पनि सँगसँगै गर्नुपर्छ भन्नुहुन्छ ।’ दार्चुलामा हुँदा देखि नै उनले ब्याडमिन्टन खेल्न सुरु गरिसकेका थिए । बाबुको साथ लागेर ब्याडमिन्टन खेल्न सुरु गरेका प्रिन्सले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय सफलताको स्वाद पनि चाख्न सफल भइसकेका छन् ।

उनलाई आफ्नो क्षमतामा विश्वास भएरै होला भन्छन्, ‘म दुवई जुनियर च्याम्पियनसिपमा जादा च्याम्पियन बनेर फर्कने लक्ष्यका साथ नै गएको थिए । जसरी मैले तयारी गरेको थिए । त्यसमा मलाई विश्वास थियो । सेमिफाइनलमा अहिल राम्रो भयो । तर फाइनल मलाई त्यत्ति गाह्रो भएन ।’

कोर्टभित्र छिरिसकेपछि सबै खाले दबाबलाई आफुले ह्यान्डल गर्न सकेपछि मात्र सफलता पाउने उनको अनुभव छ । भन्छन् , ‘विपक्षी कुन स्तरको भन्ने खेल्दै जाँदा थाहा हुन्छ । अझै बढी प्रशिक्षकले थाहा पाउनुहुन्छ । त्यसैले प्रशिक्षकले भनेको कुरामा पनि ध्यान दिन्छु । त्यसले आफ्नो खेलमा सघाउ पुर्याउछ । कहिलेकाहिँ भने प्रशिक्षकको कुरा सुनेर रिस पनि उठ्छ ।’

अहिले पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पर्नु खेल जीवनको अर्को एउटा उपलब्धि मानेका प्रिन्स यसले खेलाडीहरुको हौसला बढाउने बताउँछन् । ‘यो हाम्रो देशमा खेलकुदको ठूलो अवार्ड भन्ने थाहा छ । सबै खेलाडी यो जित्न चाहन्छन् । यसअघि हाम्रो ब्याडमिन्टनबाट पनि मनोनयमा पर्नुभएको थियो,’ उनले भने, ‘म यो पिपुल्स च्वाईस अवार्डमा मनोनयमा पर्दा झनै खुसी लागेको छ । अझै राम्रो खेल्नुपर्दछ भन्ने लागेको छ ।’

प्रिन्ससँगै क्रिकेटका सन्दीप लामिछाने, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयमा परेका छन् । असार १७ गते हुने पल्सर स्पोर्टस अवार्डका पिपुल्स च्वाईसको विजेताको घोषणा हुनेछ । प्रिन्सले अवार्डको विजेता बन्नका लागि सबैलाई भोटका लागि अपिल समेत गरका छन् ।

परिवार, साथीभाई र ब्याडमिन्टन संघबाट पनि आफुलाई हौसला मिलेको सुनाउँदै प्रिन्सले भने, ‘ब्याडमिन्टन संघका अध्यक्षले मलेसियन प्रायोजकसँग पनि कुरा अघि बढेको छ भन्नुभएको छ । सायद भविष्यमा होला । यस्तो पहलले खेल्ने हौसला अझै बढ्ने रहेछ । ‘

प्रिन्ससँग लिइएको अन्तर्वार्ता :

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.