7 years ago
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगला र जेम्स स्कुल दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिताको यु–१५ तर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेसनल स्पोर्टस् सेन्टर च्यासलमा भएको प्रतिस्पर्धाबाट रातो बंगलबा समूह ‘ए’ र जेम्स समूह ‘सी’ विजेता बन्दै अन्तिमा आठमा पुग्न सफल भएको हो ।
समूह ‘ए’ बाट पाठशालाले उपविजेता बन्दै अन्तिम आठमा स्थान पक्का ग¥यो । समूह ‘बी’ बाट एप्पल विजेता र प्रिमियर उपविजेता बन्यो । ‘सी’ बाट युनाइटेड उपविजेता बन्यो ।
समूह ‘डी’ बाट इपिएस र जेम्स स्कुले क्वाटरफाइनल यात्रा तय गरे । च्यासलमा यु–१५ तर्फ १५ स्कुलको सहभागिता रहेको थियो । क्वाटर, सेमि र फाइनल शनिबारै हुनेछ ।
यु–११ तर्फ रातो बंगला ‘ए’ र बी’ तथा एलए जेम्सले सेमिफाइनलमा भेट पक्का गरे । यु–१३ मा रातो बंगला, जेम्स स्कुल, रोजबड र एलएले सेमिफाइनलमा स्थान बनाए ।
टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिता उपत्यकाका ५ भेन्युमा भइरहेको छ । यु–११ बाहेक यु–१३ र यु–१५ तर्फको पाँच भेन्युको विजेता टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिताको च्याम्पियन बन्नेछ ।
यस प्रतियोगितथाको ब्रान्ड एम्वासडरको रुपमा राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ रहेका छन् ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]