6 years ago
June 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) -यसै वर्ष नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल भएको छ ।

युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउदै खेलकुदका ठूला ठूला पूर्वाधार बनाउन सरकार केन्द्रीत रहेको बताए राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं राष्ट्रिय खेलकुदले खेलाडीमा उर्जा थपेको बताउदै तेक्वान्दोको विवाद समाधानको नजिक रहेको बताए ।
खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सबैको सहयोगले गर्दा आठौं राष्ट्रिय खेलकुद सम्भव भएको बताउदै राष्ट्रको प्रतिष्ठाका लागि साग निर्धारित समयमै आयोजना हुनु पर्नेमा जोड दिए । साग मंसिर १५ देखि २४ गते सम्मका लागि हुने तय छ ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले समग्रमा आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको बताउदै अब सागलाई अर्जुनदृष्टि बनाएर सम्बन्धित सबै अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए । उनले सागलाई प्रभावित गर्न खोज्नु देश र खेलकुद प्रति गद्दारी हुने धारणा व्यक्त गर्दै आफूले तर्किने गरी हिड्नु पर्ने कुनै काम नगरेको बताए ।
कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीहरुले आठौं र सागका विषयमा आ–आफ्नो धारणासहितको सुझाव दिएका थिए । १३ औं साग सचिवालयका प्रमुख कमल खनालले हालसम्म भएका सागको तयारीका विषयमा जानकारी गराएका थिए भने आठौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख इन्द्र कार्कीले आठौं राष्ट्रिय खेलकुदको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा सदस्य–सचिव विष्टको चार वर्षे कार्यकालमा आधारित रहेर तयार गरिएको ‘यात्रा’ नामक पुस्तकको पनि खेलकुद मन्त्री विश्वकर्माले विमोचन गरेका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]