6 years ago
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनकी पूर्व राष्ट्रिय च्याम्पियन सरादेवी तामाङले बुधबार डोटीका प्रज्वल श्रेष्ठसँग विवाह गरेकी छिन् ।

विवाह सरको घर भोजपुरमा भएको हो । प्रज्वल ब्याडमिन्टनका ‘ए’ लेभल उतिर्ण ब्याडमिन्टन प्रशिक्षक हुन् । सरादेवी नेपाली सेनाकी क्याप्टन हुन् । सराका बहिनी नङसलदेवी र भाई रत्नजित ब्याडमिन्टन खेलाडी हुन् । नङसलदेवी महिला र रत्नजित पुरुषतर्फ वरियताको शीर्षस्थानमा छन् ।
चोटका कारण पूर्व नम्बर एक सरा ब्याडमिन्टन कोर्टमा उत्रिएका छैनन् । उनी नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) बाट कोर्टमा फर्कने तयारीमा छन् ।
सराका श्रीमान् प्रज्वल सटल टाइम नेपालका टुटर र बिडब्लुएफ लेभल वान प्रशिक्षक हुन् । प्रज्वल कामको सिलसिलामा भारतको बैंग्लोर गएको र त्यहाँ रहँदा ब्याडमिन्टन बैंग्लोर एकेडेमीमा काम गर्न सुरु गरेका थिए । त्यहाँ १ वर्ष काम गर्दै उनी आफैले एसपी एकेडेमी स्थापना गरेका छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]