6 years ago
June 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– इटालीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा नेपाली खेलाडीले तेक्वान्दो र फेन्सिङमा प्रतिस्पर्धा गर्नेछन् । नेपोलीमा जुलाई ३ देखि १४ तारिख सम्म आयोजना हुने युनिभर्सियाडमा ८ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ ।

युनिभर्सियाडमा भाग लिने तेक्वान्दो खेलाडीमा सक्षम कार्की, नम्रता तुलाधार, पावर्ती गुरुङ, अश्मिता खड्का र उमेश राज भण्डारी छन् । यस्तै फेन्सिङमा ओमकार सिंह, अलिषा सिंह र अनिता कार्कीले प्रतिस्पर्धा गर्नेछन् । तेक्वान्दो खेलाडीका प्रशिक्षकमा ओलम्पियन दीपक विष्ट छन् भने फेन्सिङको व्यवस्थापकमा मदन कार्की छन् ।
नेपाल विश्व बिद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप ‘टेकराज’ जोशीको नेतृत्वमा रहेको टोलीमा संघका महासचिव पूर्ण सिंह बोहोरा , त्रिभुवन विश्व बिद्यालयको प्रतिनिधीका रुपमा संघका उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद पौडेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर छन् ।
युनिभर्सियाडमा नेपालको यो पाँचौं सहभागिता हो । ओलम्पिककै झझल्को दिने युनिभर्सियाडमा विश्वका नाम चलेका र ओलम्पिकमा पदक हात पार्ने १ सय ७७ राष्ट्रका ८ हजार भन्दा बढि खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् । सांसद एवं पूर्व मन्त्री लेखराज भट्टले टोलीलाई विदाई गरे ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]