default_image

6 years ago

July 13, 2019

सदस्य सचिव सिलवाल कृत्रिम मैदानको विपक्षमा !

153 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक हुनुपर्नेमा जोड दिएका छन् । पोखरा रंगशालामा एस्ट्रो तर्फ ( कृत्रिम घास) राख्ने चर्चाकाबीच सिलवालले त्यसका विपक्षीमा मत राखेका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना स्थल मध्येको एक र नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल निरक्षणका क्रममा सदस्य सचिव भएपछि पहिलो पटक पोखरा आएका सिलवालले औपचारिक सबै कार्यक्रममा प्राकृतिक फुटबल मैदानको पक्षमा आवाज उठाएका छन् ।

शनिबार काठमाडौं फर्कनुअघिका दुई अलग अलग कार्यक्रममा सदस्य सचिव सिलवालले मैदानको विषय बारम्बार दोहोराए । पूर्व खेलाडीहरुको संस्था भूतपूर्व खेलाडी मंच नेपाल र नेपाल खेलकुद पत्रकार मंच गण्डकीले आयोजना गरेको कार्यक्रममा पनि सोही विषयमा सिलवालले समय खर्चे ।

‘मलाई थाहा छैन मैदानमा कृत्रिम टर्फ राख्न कसले यस्तो सल्लाह दियो, तर पोखराको फुटबल मैदान प्राकृतिक हुनुपर्छ भन्नेमा म प्रष्ट छु, उनले भने, ‘म यस बाट पछि हट्दिन ।’
आफू हरेक क्षण काममा व्यस्त रहेको र पोखरा बसाईका क्रममा पनि आफू खेलकुदका लागि महत्वपूर्ण समय दिएको बताउँदै सदस्य सचिव सिलवालले कामको जिम्मा लिएका निर्माण कम्पनीलाई तीन वटा कुरामा कुनै हलतले पनि ‘कम्प्रोमाइज’ नर्गन भनेको बताउँदै उनले भने–‘मैले निर्माण कम्पनीलाई कन्क्रिट कुरा ल्याउन भनेको छु, म आर्थिक अभाव हुन दिन्न, समय अगावै काम सकाउनुस, क्वालिटीमा ‘कम्प्रोमाइज’ नगर्नुस ।’

अहिले साग खेलका लागि २७ मध्ये केही खेलका प्रशिक्षणका कार्यक्रमहरु सुरु भइसेको जानकारी दिंदै सदस्य सचिव सिलवालले नतिजा दिने खेलहरुलाई मात्रै विशेष प्राथमिकतामा राखेर हेरिने बताउँदै उनले भने–‘अल आर इक्वल भन्ने पक्षमा म छैन, हरेक खेल रिजल्ट ओरियन्टेड हुनुपर्छ ।’
पदकको सम्भावना नभएका खेलहरुमा लगानी नर्गने स्पष्ट पार्दै उनले भने –‘लगानी कहाँ र कुन खेलमा गर्ने त्यसको स्पेसिफाई हुन आवश्यक छ त्यसको जिम्मेवारी सम्बन्धित संघ र कोचले लिनु पर्छ ।’

विगतमा योजनावद्ध सोच र दृष्टीकोण कुन खेलमा कति लगानी गर्ने परिपाटी नभएका कारण मुलुक जहिले पनि खेलकुदमा पछि परेको उनको भनाई थियो । खेलकुदमा समन्वयको अभावका कारण पनि गति लिन नसकेको स्पष्ट पार्दै सदस्य सचिव सिलवालले केन्द्र, प्रदेश र स्थानिय निकायबीच समन्वय फितलो रहेको महसुस आफुले गरेको बताए ।

नेपाली क्रिकेटको समस्या समाधान एक हप्ता भित्र सुरु गर्ने बताउँदै जो जसले षडयन्त्र गरेर खेलकुद भाड्ने काम गर्छन ति वास्तविक अपराधी रहेको त्यस्तालाई सार्वजनिक रुपमा नै दोषी घोषणा गर्ने सदस्य सिलवालले भने–‘आफू आइसिसीमा पुगेर भए पनि क्रिकेटको समस्या समाधान गरि छाड्छु यो मेरो प्रतिवद्धता हो ।’

विगतमा पनि अदालत बाट निकै अप्ठ्यारो महसुस आफुले गरेको बताउँदै खेलकुदका यस्ता विषयलाई अदालतले समेत फाष्ट ट्रयाक बाट न्याय दिन विशेष पहल समेत गरिने बताए । जसको पक्षमा भए पनि अदालतले फैसला दिंदा राम्रो हुन्छ । आफु जागिर खान सदस्य सचिब नभएको दोहोराउँदै सिलवालले जिम्मेवारी दिएको समयमा काम सकेर १३ औं साग गर्ने उनले बताए ।


भूतपूर्व खेलाडी मंच नेपालका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाट लगाएतले बोलेका थिए भने खेलकुद पत्रकार मंच गण्डकीको कार्यक्रम अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो ।

दोश्रो दिन पनि रंगशालाको निरिक्षण, टर्फको खुलेर विरोध
शुक्रबार दिनभपर जसो पोखरा रंगशालाको पूर्वाधार निर्माणको निरिक्षणमा विताएका सदस्य सचिव सिलवालले दोश्रो दिन पनि पोखरा रंगशालामा करिब एक घन्टा निरिक्षण गरे । निर्माण हुन लागेको मैदान भित्रै छिरेर उनले निर्माण कम्पनीका ठेकदार प्राविधिकहरुलाई फेरि प्रति प्रश्न तेस्र्याए । कस्ले भन्यो यो कृत्रिम टर्फ राख्न, कस्को सल्लाह हो ?

निर्माण कम्पनीका ठेकदारका तर्फ बाट हरि बाबु न्यौपाने र परिषदका मुख्य इन्जिनियर अरुण उपाध्ययाले एस्ट्रो टर्फको वकालत गरिरहँदा सदस्य सचिव सिलवालले त्यसको विपक्षीमा देखिएका थिए ।

प्रदेश ४ का सामाजिक विकास मन्त्रि नन्द कुमारी पुन, राखेप सदस्य राजेश गुरुङ, विभागिय प्रमुख कमल खनाल, क्षेत्रिय अध्यक्ष सम्पन्न श्रेष्ठ र ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ सहित मैदानमाने उभिएर उनले टर्फको खुलेर विरोध गर्दै भने–‘यो सच्चाउनु पर्छ, यो त्रुटीपूर्ण स्ट्रक्चर मान्न सकिन्न जसरी हुन्छ कार्तिक १५ भित्र काम सक्नुस ।’

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.