6 years ago
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)-११औं संस्करणको राष्ट्रपति रनिङ शिल्डमा प्रदेश ५ च्याम्पियन बनेको छ । मंगलबार सम्पन्न भएको रनिङशिल्डमा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कास्य जितेर च्याम्पियन बनेको हो ।

१ नम्वर प्रदेश १३ स्वर्ण, १३ रजत र २० कास्य जितेर दोस्रो भयो । १२ स्वर्ण, ८ रजत र १३ कास्यसहित सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान हात पा¥यो ।
यो संस्करणमा सात प्रदेशमध्ये चार प्रदेशले मात्रै सहभागिता जनाएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत आइतबारदेखि सुरु भएको केन्द्रीयस्तरको यो प्रतियोगितामा विभिन्न ६ खेलमा प्रतिस्पर्धा भएको थियो । जसमा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी रहेको थियो ।

एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । भलिबल र कबड्डीमा चारै प्रदेशबाट छात्र÷छात्रामा तथा करातेमा ४८ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाएका थिए । तेक्वान्दो र उसुमा समान ४८–४८ खेलाडीले समान ६–६ स्वर्णका लागि भिडेका थिए ।
व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए । टिममा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पुरस्कार हात पा¥यो । छात्रको ४ गुणा ४ सय मिटर रिलेमा प्रदेश ५ का सिमान पाण्डे, लेखनाथ महर, बेदबहादुर ओली र श्रवन केवतले तथा छात्राको ४ गुणा ४ सय मिटर रिलेमा प्रदेश ५ का अरुणा रिजाल, पुर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले नयाँ जुनियर कीर्तिमान बनाएबापत् थप १० हजार रुपैया पाए ।

सटपुटमा प्रदेश ५ की संगीता अधिकारीले तथा ४ सय मिटर दौडमा प्रदेश ५ कै अरुणा रिजालले पनि नयाँ जुनियर कीर्तिमान बनाएबापत १० हजार जितिन् ।
विजयी खेलाडीहरुलाई राखेपका उपाध्यक्ष पिताम्वर तिम्सिना, प्रदेश ५ का खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लगायतले पुरस्कृत गरे ।




December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]