6 years ago
July 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले सातदोवाटोमा नव–निर्मित सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण गरेका छन् ।

सदस्य सचिव सिलवालले सोमबार त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई साँचो प्रदान गर्दै नव–निर्मित कोर्ट हस्तान्तरण गरेका हुन् ।
आफ्नै कोर्ट नभएका कारण विभिन्न स्थानमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै आएको संघले अव आफ्नै कोर्टमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]