default_image

6 years ago

July 25, 2019

सदस्य सचिव सिलवाललाई एनओसी र तेक्वान्दोको स्वागत

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त सदस्य सदस्यसचिव रमेशकुमार सिलवाललाई बिहीबार अलग अलग कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल तेक्वान्दो संघले स्वागत गरेको छ ।

स्वागतपछि सदस्य सचिव सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै हुने बताएका छन् । ‘राखेप र ओलम्पिकबीच नङ र मासुको सम्बन्ध हुन्छ । संघबाट नै ओलम्पिकमा प्रतिनिधित्व हुन्छ र ती संघ राखेपमा दर्ता भएका हुन्छन,’ उनले भने,‘राखेप एनओसीसँग मिलेर काम गर्न तयार छ । दुरी बढाएर होइन ,घनिष्ट भएर काम गर्नेछौं ।’

उनले ओलम्पिकमा राष्ट्रिय र अन्तर्राष्ट्रियको नाममा मौसमी विवाद देखिएकोमा अब त्यस्तो नहुने बताए । सिलवालले राखेपमा प्रशासनमा सुधारका लागि प्रयास सुरु भइसकेको समेत बताएका छन् । उनले भने, १ हजार दरबन्दी स्वीकृत भएको छ । विशेषज्ञबाहेक १ जना पनि भर्ना गर्दिन । लोकसेवामार्फत मात्र दरबन्दी अनुसार कर्मचारी भर्ना हुने छ ।’

सिलवाललाई सफलताको शुभकामना दिर्दै एनओसी अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले खेलकुद अनुकुल वातावारण सिर्जना गर्नुपर्ने औल्याए । उनले प्रदेशले छुट्टै खेलकुद विकास ऐन बनाएर काम गर्न सुरु गरेकोले त्यसमा समन्वयन गर्नुपर्ने बताए ।

‘हिजोको विवादतर्फ जान चाहान्नौ । विगतको नकारात्मकतर्फ फर्कनु भन्दा पनि भोलीको सुखद् भविष्यका लागि जुटौ,’श्रेष्ठले भने, ‘देशमा राजनीतिक परिवर्तन भए पनि खेलकुदमा परिवर्तन हुन सकेको छैन ।’ उनले १३ औं दक्षिण एसियाली खेलकुदको केहि खेल प्रदेश २ मा समेत गराउनुपर्ने धारणा व्यक्त गरे ।

सो कार्यक्रममा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पनि स्वागत गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै तिम्सिनाले खेलकुद संघको विवाद अब धेरै समय नरहने बताए । उनले १३ औं साग अघि सबै खेलको विवाद अन्त्य हुने बताए ।

बिहीबार नै अर्को कार्यक्रममा तेक्वान्दो संघले पनि सदस्य–सचिव सिलवालको स्वागतमा कार्यक्रम राखेको थियो । संघका अध्यक्ष प्रकाश शम्सेर राणा, महासचिव दीपराज गुरुङ लगायत अन्य पदाधिकारीले उनलाई स्वागत गरेका थिए ।

सदस्य सचिव सिलवालले १३ औं सागमा तेक्वान्दोले पुरानै सफलतालाई दोहोराउनका लागि प्रयास गर्नुपर्नेमा जोड दिदै भने, त्यसका लागि राखेपले कहाँ कस्तो सहयोग गर्नुपर्छ गर्न तयार छ । संघ, प्रमुख प्रशिक्षक अन्य प्रशिक्षक र खेलाडीको संयुक्त प्रयासले मात्र सफलता पाउन सकिनेछ ।
उनले आउने दिनमा खेलाडीसँगै प्रशिक्षक र सम्बन्धित संघलाई सफलताका आधारमा सम्मान गरिने पनि प्रष्ट पारेका छन् ।

मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना चुनौती पूर्ण काम रहेको स्वीकार गर्दै सिलवालले चुनौती स्वीकार गरेरै सदस्य सचिवको जिम्मेवारी लिएको बताए ।
उनले कात्र्तिक १५ भित्रमा सागका लागि सबै भौतिक पूर्वाधार सम्पन्न हुने विश्वास आफुले पाएको उल्लेख गर्दै भने, ‘हामीले अहिले जुन गतिमा काम गरेका छौं । यसका आधारमा साग हुने आधार तयार हुनेछ ।’

सिलवालले नवनिर्मित तेक्वान्दो एकेडेमी भवनमा बाँकी रहेका सम्पूर्ण कामहरु चाँडै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सागमा तेक्वान्दोबाट धेरै आशा गरिएको बताए । तेक्वान्दो संघका अध्यक्ष राणाले सिलवालको समयमा नेपाली खेलकुदले अझै फड्को मार्ने विश्वास लिएको बताए ।

कार्यक्रममा महासचिव गुरुङले नेपालको सर्वाधिक सफ खेलका रुपमा तेक्वान्दो इतिहास बनाएको उल्लेख गर्दै खेलकुदको वास्तविक अवस्था बुझेर अघि बढ्न उनले सदस्य सचिव सिलवाललाई सुझाव दिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.