default_image

6 years ago

July 29, 2019

काठमाडौं जुनियर ब्याडमिन्टन अर्को साता

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजना र प्याब्सन काठमाडौंको सहकार्यमा काठमाडौं छात्र छात्रा ब्याडमिन्टन च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ ।

च्याम्पियनसिपमा छात्र-छात्रा यू १२ र यू १४ , यू १४ मिक्स डबल्स तथा प्रिन्सिपल डबल्स प्रतिस्पर्धा हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं ब्याडमिन्टनका अध्यक्ष दीपक थापाले जानकारी दिए ।

च्याम्पियनसिप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको त्रिभुवन स्मृति हलमा साउन २१ देखि २४ गते सम्म सञ्चालन हुनेछ । चार दिन सम्म चल्ने च्याम्पियनसिपमा काठमाडौं, ललितपुर, भक्तपुरका प्याब्सन, एनप्याब्सन र सामूदायिक विद्यालयका झन्डै ९ विद्यार्थीले प्रतिस्पर्धा गर्ने अनुमान काठमाडौं ब्याडमिन्टनले लिएको छ ।

एक्सन स्पोर्टस्को प्रस्तुती रहेको च्याम्पियनसिपलाई नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सहयोग गरेको छ । एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने प्रतियोगिताको त्रिभुवन विश्वविद्यालयका स्पोर्टस् साइन्स स्नातकोत्तर विभाग सहआयोजक रहेको छ ।

च्याम्पियनसिपका छात्र/छात्रा यू १२ को समान विजेताले २० हजार, दोस्रो हुनेले १५ तथा तेस्रा हुने दुई खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्र/छात्रा यू १४ को विजेताले ३० हजार, दोस्रो हुले १५ तथा तेस्रो हुने दुई खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै यू १४ को मिक्स डबल्सको विजेता जोडीले ४० हजार, दोस्रो जोडीले २० तथा तेस्रो हुने दुई जोडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.