6 years ago
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले नेपालको भलिबल इतिहासमै पहिलोपटक हुन लागेको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणका पुगेको जानकारी गराएको छ ।

संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भाद्र २ देखि ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी द्रुत गतिमा भइरहेको र तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
प्रतियोगिताको लागि संघले मुल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरेर प्रतियोगितालाई भव्य बनाउने तयारी गरिरहेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दले प्रतियोगतास्थल नेपाली सेनाको लगनखेलस्थित कभर्डहल तयारी अवस्थामा रहेको जानकारी गराएको छ । संघका अनुसार हलमा सहभागी खेलाडीको लागि चेन्जिङ रुम, शौचालय र आवश्यक सबै तयार भएको छ ।
त्यस्तै सहभागी टिमको लागि यातायात, होटल र सुरक्षा व्यवस्था समेत मिलाइएको छ । विदेशी पाहुनाको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्क र टिमका लागि लाइजन अफिसर राखिएको छ ।

अफगानिस्तान, बंगलादेश र माल्दिभ्स नक्सालस्थित होटल क्राउन प्लाजा तथा किर्गिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानलाई ठमेलस्थित मुनलाई होटलमा बसोबासको व्यवस्था मिलाइएको छ । नेपाली टोलीलाई सिनामंगलमा रहेको होटल काठमाडौं इनमा राखिएको छ ।
च्याम्पियनसिपलाई राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, नेपाल उद्योग वाणिजय महासंघ, नेपाल सेटलाईट टेलिकम प्रालि, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोल्डस्टार जुत्ता र सेन्चुरी बैंकले प्रायोजन गरेको छ । मंगलबार मात्रै श्रेष्ठ टेलरिङ सेन्टर प्रतियोगिताको सारथीको रुपमा थपिएको छ ।
च्याम्पियनसिपमा आयोजक नेपालसहित अफगानिस्तान, बंगलादेश, माल्दिभ्स,किर्गिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तान गरी ७ टोलीको सहभागिता रहेको छ । खेल तालिका भने सार्वजनिक गरिएको छैन । संघका अनुसार पहिलो दिन दुई खेल हुनेछ । दोस्रो, तेस्रो र चौथो दिन तीन खेल हुनेछ । पाँचौ दिन २ र अन्तिम दिन एक खेल हुनेछ ।
च्याम्पियनसिपको लागि अफगानिस्तानको टोली मंगलबार नेपाल आइपुगेको छ । अन्य टोलीहरु साउन ३१ र ३२ भित्र आइसक्ने संघले जनाएको छ । अफगानिस्तानले नेपाली टोलीसँग बुधबार बिहीबार दुई मैत्रीपुर्ण खेल खेल्दैछ ।
च्याम्पियनसिपको सबै खेलको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]