default_image

5 years ago

August 15, 2019

नेपाल स्ट्रङगेस्टमा संगिता र संजु बेष्ट लिफ्टर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका संगिता राई सिनियरतर्फ र सोही क्लबकी संजु चौधरी जुनियरतर्फ महिला वेष्ट लिफ्टर घोषित भएसँगै नेपाल स्ट्रङगेस्ट तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता बुधबार सम्पन्न भएको छ । काठमाण्डौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले आठौ […]

20 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका संगिता राई सिनियरतर्फ र सोही क्लबकी संजु चौधरी जुनियरतर्फ महिला वेष्ट लिफ्टर घोषित भएसँगै नेपाल स्ट्रङगेस्ट तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ कीर्तिमान बनाएकी हुन् ।

सिनियर ७६ केजी तौलमा खेलेकी ताराले स्नाचमा ७२ केजी र कुलमा १७० केजी उठाउँदै स्वर्ण पदक जितिन् । दोश्रो स्थान प्राप्त गरेकी एपिएफकी जयन्ती श्रेष्ठले स्नाचमा ५५ केजी र क्लिन एण्ड जर्कमा ६० केजी गरि कुल ११५ केजी भार बहन गरिन् । दाङकी कल्पना चौधरी तेस्रो भइन् । उनले स्नाचमा ४० केजी र क्लिनमा ५० गरि कुल ९० केजी उठाइन् ।

८१ केजी तौलमा पुलिसकी लक्ष्मी बनले तीन राष्ट्रिय कीर्तिमान बनाइन् । उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन् । लक्ष्मीले स्नाचमा ६५ केजी र क्लिनमा ८३ केजी गरि कुल १४८ केजी भार बहन गर्दै तीनै विधामा किर्तिमान बनाएकी हुन् । यस अघि उनको नाममा स्न्याचमा ६४, क्लिन एन्ड जर्कमा ८२ र कुल १८६ केजीको कीर्तिमान थियो । आर्मीकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ६५ गरि कुल १२३ केजीका साथ रजत पाईन् ।


सिनियरकै ८७ केजी तौलमा पुलिसकी विद्या राईले क्लिन एण्ड जर्कमा ७६ केजीका साथ नयाँ कीर्तिमान बनाइन् । उनले आफ्नै ७५ केजीको किर्तिमानमा सुधार गरेकी हुन् । विद्याले स्नाचमा ५३ केजी र कुलमा १२९ केजी भार बहन गरिन् । उदयपुरकी कान्ता भुजेलले स्नाचमा ३५ र क्लिनमा ४५ गरि कुलमा ८० केजीका साथ रजत पदक जितिन् ।

८७ केजी माथीको तौलमा आर्मीकी अस्मिता राईले स्नाचमा ५८, क्लिनमा ७० गरि कुल १२८ केजी भारका साथ तीनै विधामा कीर्तिमान बनाइन् । यस अघि उनले आठौ राष्ट्रिय खेलकुदमा ५३ केजी ६८ केजी र कुलमा १२१ केजीको कीर्तिमान बनाइन् । पुलिसकी सुधा थापाले स्नाचमा ५३ क्लिनमा ६७ गरि कुलमा १२० केजीका साथ रजत पदक प्राप्त गरिन् । सिराहाकी मनिता चौधरीले कास्य पदक प्राप्त गरिन् । उनले स्नाचमा ४२ केजी, क्लिनमा ६० केजी र कुलमा १०२ केजी भार बहन गरिन् ।

पुरुषको ६७ केजी जुनियरमा पुलिसका प्रकाश के।सी।ले स्नाचमा १०६ केजी र क्लिन एण्ड जर्कमा १२५ गरि कुल २३१ भारका साथ तीन वटा राष्ट्रिय किर्तिमान बनाए । उनले आठौ राष्ट्रिय खेलकुदमा १०३ केजी, १२२ केजी र २२५ केजीको किर्तिमान राखेका थिए । वीरगंज युनाईटेडका निरज गुप्ताले ७० केजी, ९० केजी र १६० केजीका साथ रजत तथा कास्कीका किरण घतीमगरले केजी ६०, केजी ७१ र कुल १३१ केजीका साथ कास्य पदक जिते ।

सिनियर तर्फ आर्मीका जीवन तामाङले स्नाचमा ८३ केजी, स्नाचमा १०८ गरि कुल १९१ केजीका साथ स्वर्ण, आर्मीकै संतोष थपलियाले ८३ केजी, १०७ केजी र कुल १९० केजीका साथ रजत तथा कास्कीका धन बहादुर झाक्रिमगरले ८५ केजी, ९८ केजी र कुल १८३ केजीका साथ कास्य पदक जिते ।

७३ केजी जुनियरमा वीरगंज युनाईटेडका सजरुद्धिन आलमले स्नाचमा ७३ क्लिनमा ५२ र कुलमा १६५ केजीका साथ स्वर्ण, एपिएफका सुलभ बस्नेतले ७३ केजी, ८२ केजी र कुल ८२ केजीका साथ रजत तथा वीरगंज युनाईटेडका सुनिल कुमार सर्राफले ३५ केजी , ४५ केजी र कुल ८० केजीका साथ कास्य पदक प्राप्त गरे ।

सिनियर तर्फ सेनाका यज्ञ बहादुर सारुले स्नाचमा ९८, क्लिनमा १२७ र कुलमा २२५ केजीका साथ स्वर्ण, सेनाकै हेम नारायण श्रेष्ठले ८७ केजी, १०७ केजी र कुल १९४ केजीका साथ रजत तथा धनुषाका सरोज यादवले ६५ केजी , ८६ केजी र कुल १५१ केजीका साथ कास्य पाए ।

८१ केजी तौलमा पुलिसका विकास थापाले तीन किर्तिमान बनाए । उनले स्नाचमा १२० केजीका साथ राष्ट्रिय किर्तिमान राखे । उनले आफैले आठौ राष्ट्रिय प्रतियोगितामा राखेको ११५ केजीमा ५ केजीले सुधार गरेक हुन् । विकासले क्लिन एन्ड जर्कमा पनि एक केजी बढी उचाल्दै १३६ केजी भारका साथ कीर्तिमान बनाए । उनले कुलमा २५० केजीबाट तौल बढाई २५६ केजीका साथ राष्ट्रिय कीर्तिमान बनाए । एपिएफका महेश चौधरीले १०५ केजी स्नाच, १३० केजी क्लिन र कुद २३५ केजीका साथ रजत तथा एपिएफकै सन्तोष चौधरीले ९० स्नाच, १२१ क्लिन र कुल २११ केजीका साथ कास्य पदक जिते ।

जुनियर तर्फ बाँकेका सुरज बैश्यले स्नाचमा ८०, क्लिनमा १०१ गरि कुल १८१ केजीका साथ स्वर्ण, कञ्चनपुरका विकाश भट्टले ७० केजी , ९२ केजी र १६२ केजीका साथ रजत तथा छोटु स्टेसनरी एण्ड सप्लायर्सका संजय यादवले ५५ केजी, ८३ केजी र कुल १३८ का साथ कास्य पदक जिते ।

८९ केजी तौलमा सेनाका दिनेश कार्कीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै दुई राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको क्लिन एण्ड जर्कमा १३२ मा सुधार गर्दै १३५ केजी उचाल्दै कुलमा पनि २३० केजीलाई बढाउँदै २४० केजीका साथ दुई कीर्तिमान राखेका हुन् । दिनेशले स्नाचमा १०५ केजी भार बहन गरे । दोश्रो स्थानमा रहेका पुलिसका ओम प्रकाश बैश्यले स्नाचमा १०५ केजी भारका साथ कीर्तिमान बनाए । बैश्यले १०५ केजी दोश्रो प्रयासमा उचाल्दै कीर्तिमान बनाएका थिए ।

प्रकाशले क्लिनमा १३० र कुलमा २३५ केजी उचाले । तेश्रो स्थानमा रहेका एपिएफका तिलक बहादुर थापाले स्नाचमा ९० केजी, क्लिन एन्ड जर्कमा १२५ र कुल २१५ भार बहन गरे । जुनियर तर्फ बाँकेका अश्विन सोनीले स्नाचमा ६२ केजी , क्लिन एन्ड जर्कमा ६५ केजी गरि कुल १२७ केजी उचाल्दै स्वर्ण पदक जिते ।

प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरुष गरि ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । साढे १२ लाख रुपैयाँ भन्दा बढी खर्च भएको प्रतियोगितामा ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उपत्यका बाहिरका खेलाडीलाई कंलकीको बाबा गेष्ट हाउसले खाने बस्ने व्यवस्था गरेको थियो ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.