6 years ago
August 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको नवौं संस्करण यसै महिना इटहरीमा आयोजना हुने भएको छ । नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता भदौ २४ गते देखि २८ गते सम्म हुने बताइएको छ ।

इटहरीस्थित रंगशाला हाता भित्र रहेको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ शीर्ष वरीयताका १६ खेलाडीले एकलमा मात्रै प्रतिस्पर्धा गर्न पाउनेछ । महिलातर्फ शीर्ष वरीयताको एकल, वरीयता बाहेक पुरुष तथा महिला एकल, खुला पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु–१७ एकल तथा ४५ बर्ष माथिको पुरुष भेट्रान्स युगल गरि १० स्वर्णपदकका लागि झन्डै २ सय खेलाडीले प्रतिपस्पर्धा गर्ने आयोजक संघका महासचिव वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
वरियता बाहेककाले पनि पुरुष तथा महिला एकलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुष तथा महिला जोडीमा सबैले प्रतिस्पर्धा गर्न पाउनेछन् । नेपालस्थित योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराइजले प्रतियोगिताको प्रायोजनालाई यसपटक पनि निरन्तरता दिएको छ ।
झन्डै ६ लाख पुररस्कार रहेको उच्च वरियताबीचको पुरुष तथा महिला एकलको विजेताले समान ५० हजार तथा दोस्रोले २५ हजार र तेस्रोले १२ हजार ५ सय पाउनेछन् । यस्तै पुरुष एकल, महिला एकल र युगलका विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार प्राप्त गर्नेछन् ।
छात्र तथा छात्रा एकलका विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खेलाडीहरुको व्यवस्थापन सह–आयोजक सुनसरी ब्याडमिन्टन क्लबले गर्नेछ । लगातार तीनपटक एकलमा उपाधि हात पार्ने खेलाडीलाई संघले मोटरसाइकल प्रदान गर्ने परम्परा छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]