default_image

6 years ago

August 26, 2019

धमलालाई आइटिएफ इन्टरनेसनल इस्ट्रक्टर अवार्ड

155 views

0 Bookmark

दिपक न्यौपाने
बुल्गेरिया – अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्डबाट सम्मान गरेको छ । बुल्गेरियाको प्लभडिभ शहरको एक होटलमा सोमबार एक कार्यक्रमकाबीच आइटिएफको २७औं कंग्रेसले धमलालाई अवार्डबाट सम्मानित गरेको हो ।

आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्वलाई छनोट गरि आइटिएफ तेक्वान्दोमा उच्च योगदान गरेबापत प्रत्येक दुर्ई वर्षमा सम्मान गदै आएको छ । यस बर्ष भने एसिया बाट नेपालका धमला सम्मानित भएका हुन् । धमलालाई आइटिएफका अध्यक्ष रि योङ सुनले अवार्ड प्रदान गरेका थिए ।

सम्मान पछि धमलाले खुसी व्यक्त गर्दै यो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकुद विकासको लागि महत्वपूर्ण रहेको बताए ।

उनले आफ्नो अनुभव, सिप र कौशललाई इमान्दार खेलकर्मीको हैसियतले खेलकुदको विकास र विस्तारमा समर्पित रहि रहने प्रतिवद्धता व्यक्त गरे ।
‘ यो अवार्डले अलाई अझै काम गर्ने उर्जा मिलेको छ,’ धमलाले भने,‘ आउने दिनमा नेपालमा आइटिएफलाई अझै विकास गर्नका लागि नयाँ योजना बनाएर अगाडि बढ्नेछु ।’

आइटिएफ तेक्वान्दोका पूर्व खेलाडी धमला दक्षिण एसियाली आइटिएफका वरिष्ठ उपाध्यक्षसमेत हुन् । उनी करिब दुई दशकदेखि यो खेलमा सक्रिय छन् । वि सं २०५४ सालदेखि डब्लुटिएफ तेक्वान्दोबाट आफ्नो खेल करियर आरम्भ गरेका धमलाले पछि आइटिएफ खेलाडी हुँदा त्यसको नेतृत्व समालेका थिए । उनकै नेतृत्वमा २२ राष्ट्र सम्मिलित एसियन आइटिएफ तेक्वान्दो च्याम्पियनसिप नेपालले आयोजना गरेको थियो ।

बुल्गेरियामा सम्पन्न कंग्रेसले २२औं विश्व च्याम्पियनसिपमा २०२१ मा चीनमा आयोजना गर्ने निर्णय गरेको छ । २०२३ को विश्व च्याम्पियनसिप आयोजनाको जिम्मेवारी इटालीले प्राप्त गरेको छ । सम्मेलनमा ८४ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको थियो । बुल्गेरियामा अगस्ट ३१ सम्म सञ्चालन हुने २१औं संस्करणको विश्व च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.