6 years ago
August 30, 2019
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगितामा होङग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् ।

आयोजकले शुक्रबार निकालेको खेल तालिकामा ४ पटकको च्याम्पियन होङ्ग्वान्जी न्यु डायमन्ड र नेपाल पुलिससँगै चितवन टाइगर्स एक समूह ‘बीमा परेको हो । समूह ‘ए’ मा गण्डकी प्रदेश, पारामाउन्ट स्कुल काठमाडौं र श्री गाँउ खेलकुद बिकास समिति दाङ रहेका छन् ।
प्रतियोगितामा साविकको विजेता नेपाल एपीएफ क्लबले सहभागिता नजाउने भएको छ । टोलीका पहिलो रोजाईका ५ खेलाडीहरु राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेको र बाँकी खेलाडीहरु एपीएफकै आन्तरिक प्रशिक्षणमा व्यस्त रहेकाले यसपटक सहभागिता जनाउन नसकिएको एपीएफ खेलकुद विभाग अन्तरगत भलिबलतर्फका संयोजक तथा सशस्त्र प्रहरी निरिक्षक विजय केसीले हाम्रो खेलकुदलाई जानकारी गराए ।
१३औं सागको लागि एपीएफबाट राष्ट्रिय टोलीका प्रशिक्षणमा सरस्वती चौधरी, रेश्मा भण्डारी, हिरा केसी, उषा विष्ट र कविता भट्ट रहेकी छिन् । यस्तै मनिषा तामाङ, निशाना बलाल र रन्जना खड्का लगायतका खेलाडीहरु एपीएफको आन्तरिक प्रशिक्षणमा रहेका छन् । टिम नभएकै कारण यसपटक सहभागिता जनाउन नसकिएको एपीएफ खेलकुद विभाग अन्तरगत भलिबलतर्फका संयोजक तथा सशस्त्र प्रहरी निरिक्षक विजय केसीले बताए ।

२३औं लामाचौर तीज महोत्सव २०७६ अवसरमा नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको प्रतियोगिताको खेलहरु शनिबारदेखि शुरु हुनेछ । पहिलो र दोस्रो दिन समान ४ खेल हुनेछ । अन्तिम दिन दुई खेल हुनेछ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । तीज महोत्सव भदौ १२ देखि शुरु हुने भएपनि भलिबलका खेलहरु १४ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेतालाई ६५ हजार र तेश्रोेलाई २५ हजार साथमा शील्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ ।
प्रतियोगिताको आठौं संस्करण शुरु हुन लाग्दा न्यु डायमन्डले लगातार चारपटक उपाधि जितेको छ । तीनपटक एपीएफ च्याम्पियन बनेको छ । पहिलो संस्करणमा एपीएफ च्याम्पियन बनेको थियो । त्यसपछि लगातार चारपटक न्यु डायमन्ड च्याम्पियन बन्दा पछिल्लो दुई संस्करणमा एपीएफले डायमन्डलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]