6 years ago
August 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विजय सुनुवार र पञ्चमाया तामाङ राष्ट्रिय लिड च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । विजय पुरुषतर्फ तथा पञ्चमाया महिलातर्फ च्याम्पियन बनेकी हुन् ।

सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल क्लाइम्बिङ्ग स्पोर्टस् एसोसिएसनले शनिबार ठमेलमा रहेको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा आयोजना गरेको लिड च्याम्पियनसिपमा पुरुषतर्फ तेन्जिङ राई दोस्रो तथा प्रनिल श्रेष्ठ तेस्रो भए । महिलातर्फ स्वस्तिका चौधरी दोस्रो तथा रुस प्रधानले तेस्रो स्थान हात पारिन् ।
च्याम्पियनसिपमा दुई विभागीय टोलीबाट नेशनल लिड च्याम्पियनसीपमा ११ जना महिला र ३१ जना पुरुष गरी कुल ४२ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाली सेना र नेपाल स्काउटको चारुमति ओपन ट्रप र क्रु रहेका थिए ।

पुरुष र महिला दुवैतर्फको शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैया हात पारे । विजयी खेलाडीलाई राखेपका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिको सह–महासचिवमा निर्विरोध निर्वाचित पिताम्वर तिम्सिनाले पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले गरेका थिए ।
स्पोर्ट क्लाइम्बिङ्ग खेलका मुख्य तिन विधाहरु लिड क्लाइम्बिङ, बोल्डरिङ र र स्पिड क्लाइम्बिङ हुने भएपनि संघले लिड च्याम्पियनसिप मात्रै आयोजना गरेको हो । विजयी खेलाडीहरुले ६ महिनाभित्र हुने कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर दिईने संघले जनाएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]