6 years ago
September 1, 2019
पोखरा (हाम्रो खेलकुद)- होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी काठमाडौं र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा तीजको अवसरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा आइतबार भएको खेलमा न्यु डायमन्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई तथा पुलिसले श्रीगाँउ खेलकुद बिकास समिति दाङलाई समनन ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
आइतबारै यि दुई टोलीले समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । जसमा पुलिस ३–२ ले विजयी भएको थियो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले गण्डकीमाथि ३–० को जित निकाल्दै लगातार सातौपटक फाइनलमा पुग्न सफल भएको हो । तीज भलिबलको सर्वाधिक उपाधि (चारपटक) को च्याम्पियन डायमन्डले २०७० बाट लगातार फाइनलमा पुगेको हो ।
पहिलो सेटमा डायमन्डले गण्डकीमाथि २५–१८ को सहज जित निकाल्यो । त्यसपछि दोस्रो र तेस्रो सेटमा डायमन्ड २५–२० र २५–१९ ले विजयी हुन सफल भयो । तेस्रो सेटमा एक समय ८–१ को अवस्था रहँदा गण्डकीले उत्कृष्ट पुनरागमन गरेपनि जित हात पार्न सकेन ।
अर्काे सेमिफाइनलमा पुलिसले श्रीगाँउ खेलकुद बिकास समिति दाङमाथि ३–० को सोझो सेटमा जित हात पार्दै प्रतियोगितामा पहिलोपटक फाइनलमा पुग्न सफल भयो । एकपक्षीय खेलमा पुलिस २५–११, २५–७ र २५–६ ले विजयी हुन सफल भयो ।
तेस्रो स्थानको लागि गण्डकी प्रदेश र श्रीगाँय खेलकुद बिकास समिति दाङबीच प्रतिस्पर्धा हुने भएको छ । यि दुई टोलीले पनि समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । जसमा गण्डकी ३–१ ले विजयी भएको थियो । प्रतियोगिताको फाइनल १ बजे हुने आयोजकले जनाएको छ ।
आइतबार समुह चरणका गण्डकीले श्री गाउँ खेलकुद विकास समिति दाङमाथि ३–१ को सेटमा पराजित गर्दै समूह विजेता बनेको थियो । रोचक खेलमा गण्डकीले २५–२१, २३–२५, २५–१७ र २५–१९ को जित निकालेको थियो ।
अर्काे समुहको खेलमा पुलिसले डायमन्डमाथि ३–२ को कठिन जित निकाल्यो । समुहकै खेलमा पुलिसले चितवन टाइगर्समाथि २५–२०, २५–१८ र २५–१२ को जित निकाल्दै समूह विजेता बन्यो ।
२३औं लामाचौर तीज महोत्सव २०७६ अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले १ लाख, उपविजेतालाई ६५ हजार र तेश्रोेलाई २५ हजार साथमा शील्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छ । प्रतियोगिताको आठौं संस्करण जारी रहँदा डायमन्ड ४ पटक तथा विभागीय नेपाल एपीएफ क्लब ३ पटक च्याम्पियन बनेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]