6 years ago
September 2, 2019
पोखरा (हाम्रो खेलकुद) – भलिबल खेलाडी उत्पादनका हिसाबले गण्डकी प्रदेश ( साविक पश्चिमाञ्चल) लाई उर्वर भुमि मानिन्छ । त्यहाँका पुरुष खेलाडी पनि आफ्नो समयमा सफल रहे । पुरुषको दाँजोमा महिला बढी सफल देखिन्छन् ।

ऋषिसरा थापा, मन्जु गुरुङ, परिक्षा गुरुङ, अरुणा शाही, मान्ती आले लगायतका खेलाडी गण्डकी प्रदेशबाटै उत्पादित खेलाडी हुन् । महिला भलिबल खेलाडीको नाम लिनुपर्दा सिपोरा गुरुङको नाम पनि छुट्दैन । सन् २००६ मा नै उनले नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेकी थिइन् ।
उनी त्यति बेलाकी नेपाली साग टोलीकै कान्छी सदस्य थिइन् । उनको उमेर मात्र १४ वर्षको थियो । पश्चिमाञ्चलबाट नाम चलेका अधिकांश खेलाडीले फिस्टेल एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र अहिले गण्डकी प्रदेशबाट आफ्नो खेल कला निखारिसकेका छन् ।
आइतबार पोखरास्थित लामाचौरमा तीजको अवसरमा आयोजना भइरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा फरक दृश्य देखियो । गण्डकी प्रदेशकी सिपोरा सेमिफाइनलमा आफ्नै टोलीविरुद्ध उत्रिइन् । यो तय थियो कि उनले यसअघि नै यसै प्रतियोगिताका लागि होङ्ग्वान्जी न्यु डायमन्डबाट खेल्ने निर्णय गरिसकेकी थिइन् ।

तर, उनले यो प्रतियोगितामा गण्डकीविरुद्ध खेल्ने नखेल्ने तय भइसकेको थिएन । समूह ‘ए’ बाट गण्डकी प्रदेश समुह विजेता बन्यो । ‘बी’ बाट न्यु डायमन्ड पुलिससँग ३–२ को सेटमा पराजित भएपछि समूह उपविजेता बन्दा गण्डकी र डायमन्डबीच सेमिफाइनलमा भेट तय भएको थियो ।
सेमिफाइनलमा उनी आफ्नै टोली गण्डकीविरुद्ध उत्रिइन् । तर, उनी खेलको मर्मलाई बुभिन्छन् ।
गण्डकीविरुद्ध खेलेपछि उनले भनिन्, खेलमा अपोनेन्ट सधै अपोनेन्ट नै हुन्छ । ‘अपोनेन्ट सधै अपोनेन्ट नै हो । त्यहाँ जो आएपनि खेल्नैपर्ने हुन्छ । खेलमा आफ्नो ठाउ मात्रै भनेर हुदैन । गण्डकीविरुद्ध खेल्न केही असहज महसुस भएन ’ सिपोराले भनिन्, ‘मैले पोखराबाटै आफ्नै भलिबल कला निखारे । पोखराले नै भलिबलमा यो परिचय दिलायो । आफ्नै टोलीविरुद्ध उत्रदा केही खल्लो महसुस त गरे । तर, पश्चिमबाट नखेलेको धेरै भइसकेकाले आफ्नो धैर्यलाई गुमाइन ।
सिपोराले गण्डकीका नयाँ पुस्ताका खेलाडीसँग भने खेलेकी छैनन् । उनले थपिन्, यो पुस्तासँग गण्डकीबाट खेलेको छैन । मैले मन्जु, अरुणा र परिक्षासँग गण्डकीबाट खेलेको छु । उनले अहिलेको पुस्ताबाट गण्डकी प्रदेशबाट नखेलेका कारण केही भयो । ‘

सिपोराले डायमन्डका प्रशिक्षक कुमार राईको प्रशिक्षणमा खेल्ने इच्छा पुरा भएको बताइन् । ‘मैले नेपालका प्रायः सबै प्रशिक्षकको प्रशिक्षणमा खेलिसकेको थिए । डायमन्डका प्रशिक्षक कुमार सरसँग खेल्न बाँकी थियो । त्यो लामाचौर तीज भलिबलबाट पुरा भएको छ ’ सिपोराले भनिन्, ‘अध्ययनका लागि अमेरिका जानुअघि नै कुमार सरसँग प्रशिक्षण लिएको थिए । खेल्ने धोको थियो । त्यो पुरा भएको छ ।’
लामाचौरमा जारी प्रतियोगितामा सिपोरा सम्मिलित न्यु डायमण्ड र नेपाल पुलिस क्लबबीच आज फाइनल हुँदैछ । सिपोराले आफु अमेरिकामा स्पोर्टस् साइन्स अध्ययन गरिरहेको बताइन् । उनी केहि साता अघि स्वदेश फर्केकी थिइन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]