6 years ago
September 2, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौरमा सोमबार होंगान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० ले हराउँदै विभागिय टोली पुलिस तीज महोत्सव महिला भलिबलको च्याम्पियन बनेको हो ।

आठौं संस्करणमा आइपुग्दा पुलिसको यो पहिलो उपाधि पहिलो संस्करणमा पुलिस एपीएफसँग पराजित भएको थियो । महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेपछि दुई विभागिय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा भाग लिएका थिएनन् । अघिल्लो दिन समूह चरणमा हराउनका लागि केहि संघर्ष गरेको पुलिसले फाइनलमा भने सहज जित हासिल गरेको थियो ।

लामाचौरमा रहेको इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा एकपक्षीय बनेको खेलमा पुलिसले चारपटकको च्याम्पियन डायमन्डलाई खेलको शुरुवातदेखि नै दवावमा राख्न सफल भएको थियो । २–२ अंकको बराबरीबाट अघि बढेको पुलिसले लगातार अंक जोड्दै २१–१६ को आरामदायी अवस्थामा पुगेको थियो । त्यसपछि पुलिस लगातार ४ अंक जोड्दै २५–१६ को सहज जित निकाल्न सफल भयो ।
दोस्रो सेटमा पनि ५–५ को बराबरीको अवस्थापछि उत्कृष्ट प्रदर्शन गरेको पुलिसले लगातार ११ अंक जोड्दै २४–९ को सहज अवस्थामा पुगेको थियो । तर, त्यसपछि डायमन्डले लगातार ६ अंक जोड्दै खेलमा पुनरागमन गर्ने प्रयास गरेपनि पुलिस २५–१४ ले विजयी हुदै जिततर्फ अग्रसर बनेको थियो । तेस्रो सेटमा पुलिसले ११–६ को आरामदायी अग्रता लिएपनि डायमन्ड खेलमा फर्कदै १५–१५ को बराबरीमा ल्याउन सफल भएको थियो । तर, त्यसपछि पुलिसको उत्कृष्ट प्रदर्शन र डायमन्डको कमजोर डिफेन्समा पुलिस २५–२० ले विजयी हुदै पहिलोपटक च्याम्पियन बन्न सफल भयो ।
जितपछि पुलिसका प्रशिक्षक रुपेश विष्टले डायमन्डका मुख्य खेलाडी प्रतिभा माली नहुदा जित हात पार्न सहज भएको बताए । ‘हामीलाई थाहा थियो । डायमन्ड एक खेलाडीमा निर्भर टोली हो । हामीले त्यसैको फाइदा उठाउन सफल भयौं ।’ खेलपछि प्रशिक्षक विष्टले भने, ‘जित्नेमा ढुक्क थियौं । तर, यति सहज हामीले सोचेका थिएनौ ।’
यता, डायमन्डका प्रशिक्षक कुमार राईले वर्षाका कारण दुई दिनको अभ्यासले लामाचौरमा आउदा सोचेजस्तो प्रर्दशन गर्न नसक्दा पराजित हुनुपरेको बताए । ‘हामी यहाँको सर्वाधिक सफल टोली हौं । मुख्य खेलाडी प्रतिभा मालीविना हामीलाई उपाधि जित्न चुनौती थियो । तर, हामीले चुनौतीलाई सामना गर्न सकेनौं ।’ प्रशिक्षक राइले भने, ‘आशा गरिएका झरना श्रेष्ठ र वालमिका आचार्यले सोचेजस्तो खेल्न नसक्दा हामी उपाधिबाट विमुख मात्र हैन सोझो सेटमा पराजित हुन पुग्यौं ।’
च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैया हात पा¥यो । दोस्रो भएको डायमन्डले ६५ हजार रुपैयामा चित्त बुझायो । तेस्रो भएको गण्डकीले २५ हजार रुपैया हात पार्यो ।
पुलिसकी मनिषा चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५ हजार रुपैयाँ हात पारिन् । पुलिसकी सुशिला थापा उत्कृष्ट सेटर, डायमन्डकी झरना श्रेष्ठ उत्कृष्ट सर्भर, गण्डकीका पवित्रा बिसी उत्कृष्ट क्वीकर, गण्डकीकै रस्मिता दुरा उत्कृष्ट लिवेरो, पुलिसकी कोपिला उप्रेती उत्कृष्ट स्पाइकर र पुलिसकै पुष्पा चौधरी उत्कृष्ट ब्लकर चुनिए । उनीहरुले समान ३ हजार रुपैयाँ हात पारे ।
विजयी टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा सुनार, नेपाल भलिबल संघका उपाध्यक्षद्वय याम बहादुर गुरुङ र निरोज मास्के, नवआदर्श सामुदायिक विकास समाज तथा भलिबल प्रतियोगिता संयोजक सुशिल कुमार श्रेष्ठले पुरस्कृत गरे ।
२३औं लामाचौर तीज महोत्सव २०७६ अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा गत शनिबारदेखि आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]