6 years ago
September 2, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले पहिलो पटक तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्दा व्यक्तिगत पुरस्कारमा पनि दबदबा राखेको छ । प्रतियोगिताका ७ व्यक्तिगत पुरस्कार मध्यये ४ पुरस्कार पुलिसका खेलाडीले जिते ।

तीन दिने प्रतियोगितामा पुलिसकी मनीषा चौधरी सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भइन् । उनले ५ हजार रुपैयाँ हात पारिन् । त्यस्तै पुलिसकी सुशिला थापा उत्कृष्ट सेटर, पुष्पा चौधरी उत्कृष्ट ब्लकर र कोपिला उप्रेती उत्कृष्ट स्पाइकर चुनिइन् ।
त्यस्तै तेस्रो भएको गण्डकीकी रश्मिता दुरा उत्कृष्ट लिबेरो र पवित्रा सेन्चुरी उत्कृष्ट क्विकर घोषित भइन् । फाइनलमा पराजित न्यु डायमण्डकी झरना श्रेष्ठ उत्कृष्ट सर्भर छानिइन् । सबै विधागत विजेताले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।
पोखराको लामाचौरमा सोमबार होवाङ्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० ले हराउँदै विभागिय टोली पुलिस तीज महोत्सव महिला भलिबलको च्याम्पियन बनेको हो । महत्त्वपूर्ण खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेपछि दुई विभागिय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा भाग लिएका थिएनन् ।
अघिल्लो दिन समूह चरणमा हराउनका लागि केहि संघर्ष गरेको पुलिसले फाइनलमा भने सहज जित हासिल गरेको थियो । पोखराको लामाचौरमा पुलिसले न्यु डायमण्डलाई २५–१६, २५–१४ र २५–२० को सेटमा हराएको थियो । विजता पुलिसले उपाधिसहित १ लाख रुपैयाँ र न्यु डायमण्डले ६५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।








December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]