default_image

6 years ago

September 3, 2019

झापा स्पोर्टस् अवार्ड असोजमा

104 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – झापा स्पोर्टस् अवार्डको तेस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ असोज १३ गते बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जनकारी दिएको छ ।


मंगलबार बिर्तामोडको रेड चिल्ली क्याफेमा भएको पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गर्नुका साथै अवार्ड सम्पन्न गर्न समितिहरु निर्माण गरिएको जानकारी दिइयो । ‘झापा स्पोर्टस् अवार्ड २०७५’ लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मञ्चका झापा अध्यक्ष हिमाल खरेल संयोजक तथा कार्यसमिति सचिव अर्जुन राजवंशी सदस्य सचिव रहेको ५९ सदस्यीय ‘मूल आयोजक समिति’ गठन गरिएको छ ।
त्यस्तै, मूल आयोजक समिति मातहत रहनेगरी मञ्चका साधारण सदस्य बुद्ध तामाङ संयोजक, सचितानन्द सुब्बा सहसंयोजक, आर्थिक, प्राविधिक, स्वागत तथा सत्कार र स्वयम्सेवक उपसमितिका संयोजकहरु सदस्य रहनेगरी ‘अवार्ड संयोजन तथा प्रतिभा छनोट समिति’ गठन गरिएको छ ।
स्पोर्टस् अवार्डका लागि मञ्चका कोषाध्यक्ष राजु पौडेलको संयोजकत्वमा सल्लाहकारहरु इन्द्रजीत मुखिया, रमेश समदर्शी राई, तीर्थ सिग्देल, कुमार भट्टराई, विशाल नेम्वाङ, साधारण सदस्यद्वय केशव भट्टराई र प्रेम आचार्य सदस्य रहनेगरी ‘आर्थिक उपसमिति’ गठन गरिएको छ ।

त्यस्तै, मञ्चका कार्यसमिति सदस्य कमल पाण्डे (विनोद) संयोजक तथा कार्यसमिति सदस्यहरु आयुष निरौला, तिलक योञ्जन, भारती राई, विष्णु श्रेष्ठ, साधारण सदस्यद्वय सौरभ मुखिया र एकराज प्रधान सदस्य रहनेगरी ‘प्राविधिक उपसमिति’ गठन गरिएको छ ।

मञ्चकी सहसचिव भूमिका सुब्बा संयोजक तथा कार्यसमिति सदस्य प्रकाश बानियाँ, साधारण सदस्यहरु रोहित काफ्ले, पुष्प बराल र सुनिरा मैनाली सदस्य रहनेगरी ‘स्वागत, अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति’ गठन गरिएको छ । मञ्चका उपाध्यक्ष अमित खम्बू संयोजक तथा मञ्चका साधारण सदस्यहरु विनोद सापकोटा, नन्दलाल खतिवडा र आर्यन खरेल सदस्य रहनेगरी ‘स्वयम्सेवक उपसमिति’ गठन गरिएको छ ।

पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा पछिल्लो दुई वर्षदेखि एनएसजेएफ झापाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रममा वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ । खेलाडी र प्रशिक्षकको मनोनयन सूची यही भदौ २९ गते सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

दोस्रो स्पोर्टस् अवार्डमा समाजसेवी तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले एकथान मोटरसाइकल र एकथान स्कुटर प्रदान गरेका थिए । त्यस्तै, सहारा नेपाल साकोसले मुख्य सहयोग गरेको थियो भने झापाका अन्य संघसंस्थाले विशेष सहयोग गरेका थिए ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.