6 years ago
October 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ नेपाल एनआरएनएले एनआरएनए स्पोट्र्स एकेडेमी गठन गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसीका युवा संयोजक सुदन थापाले संयुक्त रुपमा एकेडेमीको लोगो सार्वजनिक गरे।
लोगोमा एनआरएनको ६ वटा क्षेत्रको प्रतिनिधित्व हुनेगरी ६ वटा ओलम्पिक रिंग राखिएको छ । एनआरएनए अध्यक्ष भट्टले विश्वभर रहेका गैर आवासीय नेपाली खेलाडी, प्रशिक्षक प्राविधिक र खेल विज्ञहरुको ज्ञान सीपलाई नेपाली खेलकुदको विकासमा उपयोग गर्ने र एनआरएनको खेल प्रतिभालाई खेलकुदको मूलधारमा ल्याउनका निम्ति स्पोट्र्स एकेडेमीको गठन गरेको बताए ।
आइसीसी युवा परिषदका संयोजक थापाले स्पोट्र्स एकेडेमीले एनआरएनएको पहिलो र दोस्रो पुस्ताका खेलाडीहरुलाई एनआरएनएको अभियानमा जोड्ने विश्वास व्यक्त गरे । ‘एकेडेमीले एकातिर विश्वभरका गैर आवासीय खेलाडीहरुलाई एकजुट पार्नेछ,’ उनले थपे, ‘अर्कोतर्फ यसले नेपाली खेलकुदमा भौतिक पूर्वाधार निर्माण देखि खेलाडीलाई अन्तर्राष्ट्रिय पदक दिलाउने अभियानसम्ममा सघाउनेछ । ‘
एनआरएनए टोलीले विभागिय टोलीको हैसियतमा पहिलो पटक वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा भाग लिएको थियो । थापाले आठौं राष्ट्रिय खेलकुद मार्फत एनआरएनएले एउटा विभागिय टोलीको हैसियत प्राप्त गरेकोले त्यो अभियानलाई व्यवस्थित पार्न पनि एकेडेमीले भूमिका खल्ने विश्वास व्यक्त गरे ।
विश्वका ८३ मूलुकमा रहेका गैर आवासीय नेपालीहरुमा ३० देखि ४० हजार सम्मको खेलकुद क्षेत्रमा प्रत्यक्ष संलग्नता रहेको एनआरएनएले विश्वास लिएको छ । आइसीसीका युवा तथा खेलकुद सचिव श्रीराम घिमिरेले एनआरएनए आधिकारिक रुपमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) संग आवद्ध भइसकेको बताए ।
‘एकेडेमीले नेपालमा बहुउदेश्यिय कभर्ड हल बनाउने योजना पनि बनाएको छ,’ सचिव घिमिरेले भने, ‘एनआरएनए मातहतको यो एकेडेमीले खेलविकासको अन्य काम पनि संगसंगै गर्दै जानेछ।’ एनआरएनएले अहिले पाँच विभिन्न खेलकुद कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी गराइएको छ । जसमा अक्टोबर ११ मा एनआरएनए हेरिटेज वाकाथन आयोजना हुनेछ ।
एनआरएनए स्पोट्र्स एकेडेमिका निम्ति दौडको नारा दिइएको उक्त वाकाथन स्वयम्भु देखि सुरु भएर पशुपति पुगेर टुंगिनेछ । वाकाथनमा २ सय बढी खेलाडीले भाग लिने बताइएको छ । त्यसैगरी अक्टोबर १३ मा एनआरएन गल्फ च्याम्पियनसिप, अक्टोबर १४ मा चौथो एनआरएन फुटसल प्रतियोगिता र सोही दिन एनआरएनए स्पोट्र्स मिट हुने भएको छ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]