6 years ago
October 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एनआरएनए स्पोट्र्स एकेडेमीले १७ औं गैर आवासिय नेपाली संघ (एनआरएनए) स्थापना दिवसको अवसरमा शुक्रबार एनआरएनए हेरिटेज वाकाथनको आयोजना गरेको छ । स्वयम्भू भगवान पाउबाट सुरु भई शोभा भगवती, क्षेत्रपाटी हुंदै इन्द्रचोकमा गएर टुंगिएको वाकाथनमा एनआरएनएका प्रतिनिधि, खेलकर्मी लगाय ५ सय बढीको सहभागिता थियो ।
एनआरएनएका अध्यक्ष भवन भट्टले वाकाथनको उद्घाटन गरे । अध्यक्ष भट्टले स्पोट्र्स एकेडेमीको स्थापनाले गैर आवासिय र नेपाली खेलाडीलाई एकै ठाँउमा उभ्याउन मद्दत गरेको बताए । एनआरएनएका उपाध्यक्षहरु कुल आचार्य, कुमार पन्त र एनआरएनएका युवा संयोजक सुदन थापाले शुभकामना दिए ।
वाकाथनमा नेपालका चर्चित म्याराथन धावक बैकुण्ठ मानन्धर, जीत बहादुर केसी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवा लगायतको उपस्थिति थियो ।
वाकाथनका क्रममा बाटोमा विभिन्न स्थानीय क्लबहरुले सहभागिहरुलाई स्वागत गरेका थिए । एनआरएन स्पोट्र्स एकेडेमी विश्वभरको खेलकुदलाई व्यवस्थित र संगठित गर्नका निम्ति हालै स्थापना भएको थियो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]