6 years ago
October 14, 2019
एजेन्सी – चेक रिपब्लिक तथा इंग्लिस क्लब चेल्सी र आर्सनलका लेजेन्ड गोलरक्षक पिटर चेक आइस हक्कीको लिगको ‘डेब्यु’ खेलमा म्यान अफ दि म्याच घोषित भएका छन् ।
आफ्नो समयका उत्कृष्ट गोलरक्षक चेक यसै साता बेलायतको चौथो श्रेणीको गुइल्डफोर्ड फोनिक्समा अनुबन्धित भएका थिए । आइस हक्की खेलमा ‘डेब्यु’ मै उच्च प्रदर्शन गरेका चेकले दुई पेनाल्टी जोगाउदा उनको टोली गुइल्डफोर्ड फोनिक्सले स्वीन्डन वाइल्डक्याट्सलाई ३–२ ले पराजित गरेको छ ।
३७ वर्षीय चेकले यसै सिजन सबैखाले फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए । हाल उनी चेल्सीको प्राविधिक सल्लाहकार छन् ।निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
चेकले स्वीन्डन वाइल्डक्याट्सको पहिलो र तेस्रो पेनाल्टी बचाएका थिए । खेलपछि चेकले २० वर्षे व्यावसायिक फुटबल करियरबाट विश्राम लिएपछि हक्की आफ्नो मनपर्ने मध्येको एक खेल बच्चाको रुपमा खेल्न र हेर्नको लागि रमाइलो लागेर खेलेको बताएका छन् ।
चेकले चेक रिपब्लिकबाट १ सय २४ क्याप जितेका छन् । यस्तै उनले इंग्ल्यान्डमा चार प्रिमियर लिग, ५ एफए कप, ३ लिग कप, एक–एक युइएफए च्याम्पियन्स लिग र युरोपा लिग जितेका छन् । उनी फोनिक्सका तेस्रो रोजाईका गोलरक्षक हुन् ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]