6 years ago
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि थाइल्यान्ड जाने नेपाली राष्ट्रिय महिला भलिबल टोलीको मंगलबार बिदाई गरिएको छ ।

टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, राष्ट्रिय टिम तयारीका संयोजक रिम बहादुर रानाभाट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द लगायता संघका पदाधिकारीहरुले बिदाई गरे । १८ खेलाडी, तीन प्रशिक्षक र १ व्यवस्थापक गरी २२ सदस्यीय नेपाली टोली बुधबार बिहान ११ बजे थाइल्यान्ड जानेछ ।
नेपालले करिव २६ दिन थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै केही अभ्यास खेल खेल्नेछन् । प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा आयोजना हुदैछ । १३औं साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोग र नेपाल भलिबल संघको समन्वयमा नेपालले करिव २६ दिन थाइल्यान्डमा प्रशिक्षणका साथै केही अभ्यास खेल खेल्ने मौका पाएको हो ।

खेलाडीलाई बिदाई गर्दै सदस्यसचिव सिलवालले सेन्ट्रल जोन र सागका लागि प्रशिक्षणले मात्रै नपुग्ने भएकाले आफुभन्दा बलियो टोलीसँग खेल्ने अवसरका लागि वैदेशिक प्रशिक्षणमा पठाइएको बताए । उनले आफ्नो मात्रै प्रदर्शन नहेरी विपक्षीको तयारीबारे पनि बुझ्न सबैलाई आग्रह गरेका छन् । ‘यो बैंकक घुम्ने अवसर मात्रै होइन । यसलाई घुम्ने अवसरका रुपमा मात्रै नलिनुस्,’ बिदाईका क्रममा सिलवालले भने, ‘तपाईहरु त्यहाँ बढीभन्दा बढी टिमसँग खेल्नुहोस् । खेलले नै एक्सपोजर बढ्ने हो । अभ्यास त यहीं गरेपनि भइहाल्छ । अभ्यास मात्रै ठुलो कुरा होइन । त्यसलै हामीले बैंककमा प्रशिक्षणसँगै अभ्यासका लागि बैंककमा पठाएका हौं ।’
संघका महासचिव जितेन्द्र बहादुर चन्दले थाइल्यान्डमा केही कुरा सिकेर सेन्ट्रलमा देखाउन आग्रह गरे । ‘हामी त्यहाँ गइरहेको घुम्नलाई होइन सिक्नलाई हो । केही कुरा सिकेर आउनुहोस् । पुर्ननिर्माणको क्रममा रहेको त्रिपुरेश्वरको कभर्डहलमा तपाईहरुल त्यहा दुःख गरेर प्रशिक्षण लिइरहनु भएको थियो । दुःख गरे न सुख मिल्ने हो । अहिले कभर्डहल तयार छ । तर, हामीले तपाईहरुलाई थाइल्यान्ड पठाएका छौं । केही सिकेर आउनुहोस् ।’ चन्दले भने ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले आन्तरिक प्रतियोगिता धेरै भएपनि अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको र एसियाकै उत्कृष्ट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गर्न पाउनुले ठुलो फाइदा पुग्ने बताएका छन् । उनले थाइल्यान्डमा कम्तीमा पनि माथिल्लो स्तरको ७ टोलीसँग मैत्रीपुर्ण खेल पक्का भइसकेको बताए । प्रशिक्षक भट्टले तीन महिनाको दौरानमा खेलाडीहरुले धेरै मिहेनत गरेको बताएका छन् ।
‘हामीले यसपटक रिस्क लिएका छौं । खेलाडीहरु एभरेजमा २० वर्षका छन् । उनीहरुबाट १० देखि १५ वर्ष नेपाली भलिबलका लागि राम्रै हुन्छ जस्तो लाग्छ ।’ प्रशिक्षक भट्टले भने, ‘प्रशिक्षणमा राम्रो गरिरहेको छ । म्याचमा के गर्छ त्यो अभ्यास खेलपछि नै थाहा हुनेछ । हामीलाई कमी कमजोरी सुधार्ने मौका अझै छ । आशा छ । थाइल्यान्ड भ्रमणले टोलीको स्तर सुधार्ने मौका हुनेछ ।’ प्रशिक्षक भट्टले सिनियर खेलाडीहरुले नेपाली भलिबललाई दिएको योगदानलाई भुल्न नहुने र भलिबलाई दिगो रुपमा लैजान नयाँ खेलाडीलाई अवसर दिनुपर्नेसमेत बताए ।

कप्तान नियुक्त भएकी अरुणा शाहीले थाइल्यान्ड भ्रमण टोलीको लागि एक्सपोजर हुने बताइन् । ‘सबै नयाँ खेलाडी छन् । प्रशिक्षण नियमित छ । तर, म्याच एक्सपोजरको कम थियो । एक महिनाको वैदेशिक प्रशिक्षण र मैत्रीपुर्ण खेल टोलीको लागि फलदायी हुने विश्वास छ ।’ कप्तान अरुणाले भनिन्, ‘भलिबल खेल्न थालेदेखि सम्भवत यो नै पहिलो वैदेशिक प्रशिक्षण हो जस्तो लाग्छ । खेलाडीहरु उत्साहित छन् । थाइल्यान्ड प्रशिक्षण मात्र होइन । त्यहाँ अभ्यास खेल पनि हुनेछ । बलियो टोलीसँग खेलेर नै टोलीलाई फाइदा हुने हो । यस भ्रमणले सेन्ट्रल जोन र सागका लागि फाइदा हुनेछ ।
महिला टोलीको कप्तान भएसँगै अरुणाले आफ्नो लागि यो सुनौलो अवसर रहेको बताएकी छन् । ‘राष्ट्रिय टोलीको कप्तान हुनु सानो कुरा होइन । संघले विश्वास गरेर मलाई कप्तानको जिम्मेवारी दिएको छ । आफ्नो भुमिकालाई निभाउने छु ।’ अरुणाले भने, ‘कप्तानसँगै नयाँ भुमिकामा पनि मलाई चुनौतीपुर्ण छ । नयाँ जिम्मेवारीमा कप्तान र सेटर हुदा कुनै प्रेसर लिएको छैन । आफ्नो सक्दो राम्रो गर्नेछौं ।’

२२ सदस्यीय टोली :
प्रतिभा माली – प्रदेश ३, सरस्वती चौधरी – एपीएफ, निरुता ठगुन्ना – आर्मी, अरुणा शाही – गण्डकी प्रदेश, कमला पुन – पुलिस, रेश्मा भण्डारी – एपीएफ, जानकी भण्डारी – आर्मी, उषा भण्डारी – पुलिस, लक्ष्मी (सोफिया) पुन – आर्मी, हिरा केसी – एपीएफ, उषा विष्ट – एपीएफ, संगम महतो – आर्मी, शान्ति थारु – आर्मी, सुनिता खड्का – आर्मी, पुनम चन्द – गण्डकी प्रदेश, शान्ति तामाङ – पुलिस, सलिना श्रेष्ठ – प्रदेश ३, आरती सुवेदी – प्रदेश ३, जगदिश भट्ट – मुख्य प्रशिक्षक, सलिना श्रेष्ठ – प्रशिक्षक, भरत यादव– प्रशिक्षक, रीता कोइराला , टिम व्यवस्थापक
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]