6 years ago
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ । १८ खेलाडी, तीन प्रशिक्षक र १ व्यवस्थापक गरी २२ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपाली टोलीले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि एसियाकै उत्कृष्ट एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणको मौका पाएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोग र नेपाल भलिबल संघको समन्वयमा नेपालले करिव २६ दिन थाइल्यान्डमा प्रशिक्षणका साथै केही अभ्यास खेल खेल्ने मौका पाएको हो । नेपाली महिला भलिबल इतिहासमा सम्भवत यो नै सबैभन्दा लामो र पहिलो वैदेशिक प्रशिक्षण हो । टोलीलाई नेपाल भलिबल संघले मंगलबारै टोलीलाई बिदाई गरेका थिए ।
नेपालले करिव २६ दिन थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै ७ भन्दा बढी केही अभ्यास खेल खेल्नेछन् । थाइल्यान्डको प्रशिक्षणपछि नेपाली टोली काठमाडौं फर्किएर प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि बंगलादेश जानेछन् । सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा आयोजना हुदैछ । त्यसपछि नेपाल १३औं सागको तयारीमा जुट्नेछ । साग मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुदैछ ।
राखेप सदस्यसचिव रमेश कुमार सिलवालले मंगलबार टोलीलाई बिदाई गर्दै बैंकक घुम्ने अवसरको मात्रै रुपमा नलिइ तयारी प्रभावकारी ढंगले गर्न आग्रह गरेका छन् । संघका महासचिव जितेन्द्र बहादुर चन्दले पनि थाइल्यान्ड घुम्नका लागि नभएर केही सिक्नलाई रहेको भन्दै तयारीलाई विशेष जोड दिन आग्रह गरेका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले आन्तरिक प्रतियोगिता धेरै भएपनि अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको र एसियाकै उत्कृष्ट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गर्न पाउनुले ठुलो फाइदा पुग्ने बताएका छन् । उनले थाइल्यान्डमा कम्तीमा पनि माथिल्लो स्तरको ७ टोलीसँग मैत्रीपुर्ण खेल पक्का भइसकेको बताए । नेपाली टोली थाइल्यान्डको प्रशिक्षण र अभ्यास खेलका लागि उत्साहित छन् ।
संघले मंगलबारै अरुणा शाहीलाई टोलीको कप्तानमा नियुक्त गरेको छ । अब उनकै कप्तानीमा टोलीले थाइल्यान्डमा प्रशिक्षण र अभ्यास खेलका साथै सेन्ट्रल जोन खेल्नेछ । १२ सदस्यीय अन्तिम टोलीको घोषणा बाँकी रहँदा सम्भवत अरुणार्कै कप्तानीमा नेपालले १३औं साग पनि खेल्नेछन् ।
२२ सदस्यीय टोलीः
अरुणा शाही (कप्तान) – गण्डकी प्रदेश, प्रतिभा माली – प्रदेश ३, सरस्वती चौधरी – एपीएफ, निरुता ठगुन्ना – आर्मी, कमला पुन – पुलिस, रेश्मा भण्डारी – एपीएफ, जानकी भण्डारी – आर्मी, उषा भण्डारी – पुलिस, लक्ष्मी (सोफिया) पुन – आर्मी, हिरा केसी – एपीएफ, उषा विष्ट – एपीएफ, संगम महतो – आर्मी, शान्ति थारु – आर्मी, सुनिता खड्का – आर्मी, पुनम चन्द – गण्डकी प्रदेश, शान्ति तामाङ – पुलिस, सलिना श्रेष्ठ – प्रदेश ३, आरती सुवेदी – प्रदेश ३, जगदिश भट्ट – मुख्य प्रशिक्षक, सलिना श्रेष्ठ – प्रशिक्षक, भरत यादव– प्रशिक्षक, रीता कोइराला , टिम व्यवस्थापक
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]